annapurna add

काठमाडौं । जयपृथ्वी नगरपालीका कार्यपालिका सदस्य तथा उधोग बाणिज्य संघ बझाङका सचिव शंकर रसाइलीले एक युवतीलाई सामाजिक फेसबुकको म्यासेन्जर मार्फत अश्लिल च्याटगरेकाे (कुराकानी) कान्तिपथ डटकमले सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेकाे छ । 

फेसबुकमा युवतीसँग अश्लिल च्याट गर्ने शंकर रसाइलीको कुराकानी कसरी बाहिरियो

Shankar Rashailee kantipathजयपृथ्वी नगरपालिका वडा नं १० चैनपुर घर भएका शंकर रसाइलीले एक युवतीसँग अश्लिल च्याट (कुराकानी)  सार्वजनिक भएपछि बल्ल अाज बिहान प्रहरीले पक्राउ गरेकाे बझाङका डिएसपी रुपक खड्काले कान्तिपथ डटकमलाई जानकारी दिएकाे हाे । 

डिएसपी  खड्का अनुसार सचिव रसाइली बिरूद्द जबरजस्ती करणी उद्योग गरेको अभियोगको मुद्दा दर्ता भएको उनले बताए । 

यस बिषयमा अनुसन्धान जारी रहेकोसमेत उनले भने ।

कार्तिक ५,६ गते फेसबुकको म्यासेन्जर मार्फत अश्लिल च्याटगरेकाे कुराकानी युवतीलाई सचिव रसाइलीले पठाएको सन्देशको अंश स्रोतबाट कान्तिपथलाई प्राप्त भएको थियाे । 

रसाइलीले आफ्नै आफन्त तथा हाडनातालाग्ने एक युवतीसँग अश्लिल च्याट गरेका थिए ।

यो म्यासेजको स्क्रिनसट विभिन्न व्यक्तिको हातमा पुगेको चाल पाएपछि शंकर रसाइलीले बिभिन्न दलका नेता तथा पत्रकारहरूलाई भेट्ने तथा उनले जसरी पनि आफुलाई बचाईदिन आग्रह समेत गरेको स्रोतले बताएको छ ।

यस्ता छन् ति युवतीसँग रसाइली गरेका अश्लिल च्याट (कुराकानीहरू)

अहिले कता छाै त, खाना भाेनि, खाना भाेनि यार, खाना भाे बैनि

कति समय सम्म बसाैला भन त...अप्ठाराे नमान्नु है केही फरक पर्दैन....एउटा अाैषधि पाउन्छ मेडिकलमा त्याे खायाे भने ढिलाे सम्म काम हुन्छ म खान्छु है....हुन्छ खान मिल्छ नि...तिमीलाई गाह्राे त हुदैन हाेला नि थकाई लाग्ला....अाराम गर्दै बस्दै गराैलाहै....केभाे र

अनि त्यसकाे तल्लाे तलामा हाेटल छ बियर त्यही खाउला कि काेठामा लिएर....काेठमा खटिया पनि छ भईमा पनि राम्राे छ काम चाहिँ भईमा गराैला है.....मिन्स त भएकाे छैन नि...अनि काडा वाला कन्डम (कण्डम) राम्राे हुन्छ फुट्दैन त्यही प्रयाेग गराैला है....हिजाे लगाएकाे कपडा लगाएर अाउनु है...म्यासेज तुरून्तै डिलिट गर्याे है....

यहि प्रकरणसँग सम्बन्धित थप सामग्री केहि समय पश्चात सम्प्रेषण हुनेछ ... ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...