1478958692 banner ad format

 
 

काठमाडौं – नचिनेका मानिसको गोली प्रहारबाट ज्यान गुमाएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

Sharad Kumar Gauchan Nepal Manufacturing Business Federation

सोमबार घरबाट कार्यालय जान निस्केका गौचनको नयाँ बानेश्वरको प्रयागमार्गमा नचिनेका मानिसले गोली हानेपछि ज्यान गुमाएका गौचनको बिहीबार चार दिनपछि थकाली परम्परानुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उहाँको पार्थिव शरीरलाई छोरा संस्कारले दागबत्ती दिनुभएको थियो । 

गौचनको हत्यारालाई चाँडो पत्ता लगाई कारबाही गर्नुपर्ने, उहाँलाई शहीद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायत माग राखी महासंघ र गौचनका परिवारले शव बुझ्न मानेका थिएनन् । गृहमन्त्री जनार्दन शर्माले बिहीबार स्वर्गीय गौचनलाई शहीद घोषणा र व्यवसायीलाई सुरक्षा दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

Sharad Kumar Gauchan Nepal Manufacturing Business Federation

गौचनको शव बिहान १० देखि अपराह्न १ बजेसम्म महासंघको कार्यालय अनामनगर र अपराह्न २ देखि ४ बजेसम्म थकाली सेवा समाजको कार्यालय बालाजुमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । उहाँको शवमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो । 

यस्तै गृहमन्त्री शर्मा, वन तथा भूसंरक्षणमन्त्री विक्रमबहादुर पाण्डे, काँग्रेस नेता प्रकाशमान सिंह, नेकपा(माओवादी केन्द्र) की नेत्रृ पम्फा भुसाललगायतले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । महासंघदेखि थकाली सेवा समाजको कार्यालय लैजाँदा शवयात्रा निकालिएको थियो । त्यस्तै थकाली सेवा समाजको कार्यालयबाट पशुपतिसम्म लैजाँदा ५ सय मोटरसाइकलको यात्रा निकालिएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood