annapurna add

balika sherdhan copy

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार ४९ वर्षको उमेरमा बेहुला बनेका छन्। मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग परम्परागत तरिकाले विवाह गरेका हुन् । काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर पुगेका मुख्यमन्त्री राईले शेर्पालाई बेहुली बनाएका हुन्। मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाका पुख्र्यौली संखुवासभा हो । आज भर्खर बिहे गरेका मुख्यमन्न्त्री राईलाई देश/विदेशबाट शुभकामना आईरहेको छ तर उनलाई यौन शोषणको आरोप लगाउदै आएकी बालिका खड्काले भने उनलाई श्राप दिएकी छन् ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेकी छन्, 'तिम्रा बढेमानका हातले कर्याप्प समाउदा म पनि कलिली थिए, मेरा सात वर्षका आँशुले पिरोली रहोस' । यसअघि बालिकाले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मुद्दा दायर गरेर उक्त मुद्दा फिर्ता लिएकी थिइन् । उनले गत मुद्दा फिर्ता लिँदै अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै फिर्ता लिएकी थिइन् ।

बालिका तिनै नेकपाकी कार्यकर्ता हुन् जो केही समयदेखि आफूमाथि अन्याय भयो भन्दै पार्टीका दुई अध्यक्ष, राष्ट्रपतिको कार्यालय, युवासंघको कार्यालयमा बारम्बार पुग्ने गर्थिन्। तर, उनलाई प्रहरी लगाएर धपाइँदै आइयो । उनको मानसिक अवस्था ठिक नभएको भनियो । बालिकाको आरोप यो छ कि उनलाई नेकपाका नेता तथा हालका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यौन शोषण गरे ।। २०७४ को निर्वाचनपछि राष्ट्रपति भवनमा प्रधानमन्त्रीले सपथ लिने बेलामा (फागुन ३ गते) शेरधनले आफ्नो संवेदनशील अंगमा च्याप्प समातेको बालिकाको दाबी छ । सार्वजनिकस्थानमा भएको भनिएको उक्त घटनालाई धेरैले अपत्यारिलो मानेका छन् । यसका अलवा उनले शेरधनले आफूलाई मोबाइलमा म्यासेज पठाएर ह्यारेसमेन्ट गर्दै आएको उनको दाबी छ ।

बालिकाले शेरधनलाई लक्षित गरेर लेखेका पछिल्ला स्टाटस यस्ता छन् :

141705649 240655127583173 5644051581134059690 n

141725852 162488662078859 4872182427410259005 n

141793151 235382871390646 1276905339423892495 n

142143676 248654723325081 2249909624700066630 n

142344281 245193257243614 8781614131671846257 n

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार