tealaya add

pestol kantipath

काठमाडौँ - काठमाडौँको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको ३ तले घरमा सोमबार राति गोली कसले हानेको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन ।


प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई नियन्त्रणमा लिएको थियो । ढकालले लाइसेन्स लिएर घरमा राखेको दुई थान बन्दुकबाट गोली चलेको हुन सक्ने प्रहरीको आशंका थियो । तर फरेन्सिक जाँचमा घरभित्र भेटिएको गोली ढकालको बन्दुकबाट नचलेको पुष्टिभएपछि प्रहरीले उनलाई छाडेको छ ।

शर्माकी छोरी बस्ने कोठामा राति ९ बजे झ्यालबाट गोली काेठामा प्रवेस भएकाे थियो । प्रहरीका अनुसार गोली वेगले हानिएजस्तो देखिँदैन ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले गोली कसले हान्यो भन्नेबारे अहिलेसम्म यकिन गर्न नसकिएको बताए ।

 थप समाचार 

काठमाडौं गोलीकाण्ड : २ वटा राइफलसहित १ पक्राउ

काठमाडौंमै पूर्वउपसचिवको घरमा गोली प्रहार

प्रकासित मिति

Loading...
Loading...

 

Loading...