Shri narayan singh rautahatरौतहट : रौतहटको राजपुरमा बम विस्फोटपछि घाइते भइ इँटा भट्टामा जिउँदै हालेर जलाइएका त्रिलोक प्रताप सिंहका बुवाले न्याय मिलेको बताएका छन्।  छोरालाई जिउँदै जलाएको अभियोगमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनका बुवा श्रीनारायण सिंहले यस्तो बताएका हुन्। 

‘इँटा भट्टामा हालेर जिउँदै मारिएको छोरोबारे झुटो बोल्न लगाइयो’, अदालतमा परिसरमा उनले भने, ‘अब भारतको बनारसमा गएर छोराको काजकिरिया गर्छु।’ बम विष्फोटको घटनामा मुख्य अभियुक्तका रुपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का सांसद आफताब आलमलाई जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते भएको बम विष्फोटमा सामान्य घाइते त्रिलोकसहित २३ जनालाई जिउँदै भट्टामा हालेर मारेको अभियोग लागेको थियो ।  आलमका काका नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो । आलम त्यतिबेला रौतहट–२ मा कांग्रेसको तर्फबाट उम्मेदवार थिए। तत्कालीन राजपुरफरहदवा गाविस–४ स्थित आलमको घरछेवैको इद्रिसको घरमा विस्फोट हुँदा केही युवा घाइते भएका थिए। 

शेख इद्रिस नेकाका पुराना नेता हुन् जसको निधन भइसकेको छ। पूर्वमन्त्री समेत रहेका इद्रिश वि.सं २०१५ सालमा बिपी कोइराला प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसका सांसद भएका थिए । आफताव आलम इद्रिसको परिवार सदस्य भएकाले जिल्लामा राम्रो पकड बनाउँदै आएका मानिस हुन ।

बम विष्फोटको घटना सार्वजनिक हुने डरले संसद आलमले सहयोगीसँग मिलेर घाइतेहरुलाई नजिकको इँटाभट्टाको आगोमा हाली जलाएको प्रत्यक्षदर्शीले अदातलमा बयान दिएका थिए। पहिलो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार आलमकै नजिकका मानिस शेख भदैईले नारायण सिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई आलमको घरमा लगेका थिए । 

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका-४ (साविक राजपुर गाविस-४) स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका-४ (साविक सरुअठा-४) का त्रिलोकप्रसाद सिंह (पिन्टु) र ओसी अख्तरलाई इँटा भट्टामा घाइते अवस्थामा जिउँदै जलाइएको आरोपमा सांसद आलमलाई पक्राउ गरिएको हो । उक्त घटनामा केही भारतीय नागरिकलाईसमेत जलाइएको अनुमान सिंहको छ। थाहा खबर

थप समाचार

'बम हाेइन मैले पटाका पनि पड्काएको छैन' - मो. आलम

अझै लम्बियो आलमको बहस

आलम साधारण तारेखमा रिहा

आलमको पक्षका वरिष्ठ अधिवक्ताहरूको पैरवी भन्छन् पटक-पटक चुनाव जित्ने लोकप्रिय नेतालाई फसायाे राज्यले

आलम पक्षको धम्की : न्यायाधीशको पसीना निकाल्ने, पीडितलाई नगद र खेत दिने !

आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरूको परेड

आलमको सुनुवाई भईरहँदा प्रहरी कार्यालयमा बम आक्रमण

'आलमका मान्छेले भारतमा बन्धक बनाएर बम नभएर स्टोभ पड्केको भनेर बयान फेर्न लगाए'

 आलम प्रकरण : ज्यान मार्ने धम्की दिएर बयान फेर्न लगाएपछी, ‘होस्टाइल’ प्रहरीको सुरक्षामा

‘नेपाली हिटलर’ आलमका छोरानै प्रहरी 'इन्सपेक्टर'

अफ्ताबकै आदेशमा भाइ डा. अख्तरले घाइतेलाई दिएका थिए बेहोस हुने इन्जेक्सन

सबैले आलमलाई जोगाए’ : प्रहरी

आलमको न्यायाधीशलाई जवाफ : मोबाइल नम्बर बिर्सें’

आलमको आजदेखि थुनछेक बहस, जन्मकैदको माग गर्दै ८ सय पेजकाे राय पेस

अदालतमा आलम : पीडितको पक्षबाट १२ र आलमको पक्षबाट २८ वकिलले बहस गर्ने

आलमलाई ३२ वर्ष कैद सजाय माग

प्रहरीकै खुलासा : एसपी र आलमको सल्लाहमा घाइतेलाई भट्टामा हालिएको थियो

रौतहट राजपुर नरसंहारकाण्ड : आलमसहित १० जनालाई जन्मकैद

सांसद मोहम्मद अफताव आलमलाई जन्मकैद

Police send victims’ clothes, kiln ash for lab test in Alam case

बाख्रा चोर आलम कसरी बने ज्यानमारा ?

‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए आलमले’

आलम प्रकरणः विस्फोटपछि शव ओसार्ने ट्रयाक्टर भेटियो

आलम पक्राउ प्रकरण : पहिले नै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

आलमको डरमा पीडित परिवारः भन्छन्, दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं

इँटाभट्टा नाइके रौतहट जिल्ला अदालतमा : २३ वकिल पक्षमा, तर पनि आलम थुनामा

आलमलाई थप ५ दिन थुनामा

 यसरी पक्राउ गरेकाे थियो सांसद आलमलाई, सनसनीपूर्ण खुलासा

नेपाली कांग्रेसका सांसद आलमलाई ७ दिन म्याद थप

सांसद आलम पक्राउको विरोधमा सडकमा टायर बाले

 कांग्रेस सांसद आलम रौतहटबाट पक्राउ

प्रकासित मिति

Loading...
Loading...

 

Loading...