annapurna add

asthanews of nepal 2020 गायिका आस्था राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन्  ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्ने क्रममा विवादमा तानिएकी गायिका आस्था राउतलाई  (सोमबार) प्रहरीले  पक्राउ गरेको थियाे।

प्रहरी महिलामाथि दुर्व्यवहार गरेको आरोप राउतलाई लागेकाे थियाे। आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिता श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धन गरिएकाे थियाे ।

के भएको थियो ?

यही १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो ।

सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । प्रहरीले नियन्त्रणमा लिएपछि उनले कानूनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्न तयार रहेको प्रतिक्रिया दिएकी थिइन् ।

आस्था राउतलाई आजै रिहा गर्न नेकपा नेताहरुको दबाव !

गायिका राउतलाई थुनामा राखेर प्रहरीले अधिकारको दुरुपयोग गर्‍याे : सांसद ओली

‘डन सांसद’लाई ३ दिनमै उन्मुक्ति, गायिकालाई ४ दिन थुना ?

गायिका आस्थालाई ब्लु अस्पतालमा रेखाले मध्यरात भेटेर फर्केपछि लेखिन यस्तो स्टाटस

Breaking : गायिका आस्था राउत पक्राउ

प्रकासित मिति

Loading...
Loading...

 

Loading...