1478958692 banner ad format

 
 


काठमाडौं । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा नेकपा माओवादी केन्द्रका सियाराम कुश्वाहा विजयी भएका छन् ।‘फिरोज’ नामलेचिनीने कुश्वाहाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मेयरका उममेदवार अजय प्रकाशलाई पछि पार्दै विजय हाँसिल गरेका हुन् ।

Siyaram Kushwa rautahat

कटहरिया नगरपालिककै उपमेयरमा माओवादी केन्द्रबाटै नजमा खातुन विजयी भएकी हुन । माओवादी केन्द्रको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाई.सि.एल.) का केन्द्रीय सचिव समेत रहेका कुश्वाहा त्यस क्षेत्रका लोकप्रिय युवा नेता हुन् ।


मेयर पदमा निर्वाचित कुश्वाहाले ४२३३ मत प्राप्त गरेका छन् भने भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय प्रकाशले ३६८२ मत प्राप्त गरेका हुन । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी सयल देवी यादवलाई पराजित गर्दै माओवादी केन्द्रकी उम्मेदवार नुरजहाँ खातुनले विजय हासिल गरेकी छिन् ।


रौतहटकोव्यापारिक केन्द्रको रुपमा परिचित कटहरीयालाई स्थानीय तहको निर्वाचनमा विशेष महत्वका साथ हेरिएको थियो । रौतहट, बारा, सर्लाहीलगायतका जिल्लामा ‘विकास पुरुष’का रुपमा स्थापित माओवादी केन्द्रका नेता तथा सहरी विकास मन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने भएकाले पनि कटहरीयालाई विशेष चासोका रुपमा हेरिएको थियो ।

त्यतिमात्रै नभएर कुश्वाहा मन्त्री साहका स्वकीय सचिवको जिम्मेवारी समेत सम्हालेका थिए । साहको सचिवालयमा कुश्वाहा एक दशकदेखि निरन्तर रहदै आएका छन । यसपटक मन्त्री हुँदा समेत स्वकीय सचिव रहेका कुश्वाहा राजिनामा दिएर निर्वाचनमा होमिएका थिए ।

प्रकासित मिति

Loading...

 

yummyfood