tealaya add

skavetar aagajani kantipathnews

म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोलामा राखिएका ३ ओटा स्काभेटरमा अज्ञात समूहले बुधवार राति आगो लगाइदिएको छ। निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्टक्सनका तीनओटा जेसिभिमा अज्ञात समूहले आगो लगाइदिएको हो।

बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका स्काभेटरमा बुधबार राति आगो लगाइदिएको बिएन कन्टक्सनका संचालक नारायण जिसीले जानकारी दिए। उनले निष्पक्ष छानविनको माग समेत गरेका छन्। आगलागीबाट तीनओटै जेसिभी जलेर नष्ट भएका छन्।

घटनास्थलमा प्रहरीको टोली पुगेको छ। पटकपटक अज्ञात समूहले धम्की दिने गरेको भएपनि आगलागी कसले गरेको हो भन्ने खुलेको छैन्।  विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको थियो। जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ।

याे पनि पढ्नुहाेस् : नवलपरासीमा गुडीरहेको बसमा आगलागी

गुडिरहेको बसमा आगलागी भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र दाउन्नेकोबीच जंगल क्षेत्रमा यात्रुबाहक बसमा आगलागी भएको हो।

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४५३ नम्बरको बसमा आगलागी भएको हो। बसमा सवार यात्रुहरु सकुशल रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक हेम बहादुर केशीले जानकारी दिए।

आगलागी के कति कारणले भएको भन्ने खुल्न सकेको छैन। बसमा आगलागी भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बर्दघाटबाट पुगेको प्रहरी टोली आगलागी नियन्त्रणमा लिएको हो आगलागिबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...