1478958692 banner ad format

 
 

काठमाडौँ - भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे । तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका नेताको संरक्षणमा चलेको यो धन्दा जारी छ । 

Arrested gold

पारवहन सहजकर्ता
चीनमा विलासी फर्निचर बनाउन प्रयोग हुने रक्तचन्दको अवैध कारोवारमा नेपाली पक्षले पारवहन सहजकर्ताको भूमिका खेल्यो र त्यसबाट लाभान्वित आपराधिक समूह क्रमशः आर्थिक तथा संगठित अपराधसँग समेत जोडिँदै गए । यसका कारण नेपालको अन्तर्राष्ट्रिय जगत्मै बदनाम हुँदै जाँदा सरकारले हस्तक्षेप गर्न थाल्यो र तस्कर हच्कन थाले । त्यो अवस्थामा रक्तचन्दनका लागि जति पनि पैसा तिर्न तयार चिनियाँ तस्कर अन्य लाभकारी धन्दातर्फ मोडिए । जसमा डलर, सुन, वन्यजन्तुका अंगप्रत्यंग, जडीबुटीलगायत थुप्रै बस्तु पर्छन् ।

तसकरको जरो
जानकारका अनुसार पछिल्ला वर्षमा नेपालमा चिनियाँ तस्करले जरो गाडेका छन् । आवरणमा होटल, रेस्टुराँ र अन्य व्यापार देखिए पनि विभिन्न अवैध धन्दाका कारण चिनियाँ व्यापारी सन्देहको घेरामा छन् ।८८ किलो सुन केरुङ नाकाबाट काठमाडौं ल्याएका चिनियाँ नागरिक वान विई मिङ ठमेलका होटल व्यवसायी हुन् ।

नेपालका सुन पसल
पछिल्लो समय चीनबाट भारी मात्रामा भित्रेका ठानिएका सुन नेपालका सुन पसलमा पनि प्रशस्तै बिक्री हुन्छ । जबकि त्यस्तो सुनका लागि लक्षित गन्तव्य भारतको विशालबजार हो ।गत वर्ष पुसमा प्रहरीले ८ किलो सुनसहित भूगोलपार्कस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालकद्वय विक्रम मित्तल र विवेक मित्तललाई पक्राउ गर्‍यो । उनीहरूलाई भारतीय नागरिक भागिरथ चौधरीले सुन सप्लाई गर्दै आएका थिए ।

सप्लाई
चौधरीले ‘मामा’ उपनामका चिनियाँ तस्करबाट सुन बुझेर काठमाडौंका केही सुन पसललाई सप्लाई गर्दै आएका थिए । चिनियाँ तस्करले ल्याएको सुन नेपाली सुन व्यवसायीले खरिद गर्ने यो एउटा चोटिलो उदाहरण बन्यो । उक्त घटनाको अनुसन्धानले चिनियाँ तस्करले भारत मात्रै नभएर नेपालमा समेत आफ्नो जालो विस्तार गर्न खोजेको पुष्टि गरेको थियो ।

०७० असारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ किलो सुन कोटेश्वरबाट बरामद गर्‍यो । ट्रक चालक निमा छिरिङ, सुनधनी ग्याम्जो लामा, मनोहरकुमार अग्रवाल र गाडीधनी नाङ्गेल भनिने ओमबहादुर बज्राचार्य पक्राउ परे ।

सेटिङमा तस्करी
गाडीको अगाडिको भागमा लुकाएर ल्याइएको सुन तातोपानी नाकाबाट सेटिङमै चिनियाँ तस्करले नेपाल कटाएका थिए । सुराकी विवादमा उक्त मुद्दा अहिले पनि थाती छ ।एक साताअघि सीआईबीले १५ किलो सुनसहित सात जना पक्राउ गर्‍यो । त्यो पनि केरुङ नाका हुँदै काठमाडौं भित्रिएको थियो । चिनियाँ तस्करले नै सुन काठमाडौं ल्याई नेपाली ठेकेदारलाई जिम्मा लगाएको निष्कर्षमा प्रहरी अनुसन्धान अगाडि बढेको छ ।

आपराधिक जालो
घटना प्रकृति फरक देखिए पनि चिनियाँ तस्कर नेपाली भूमिमा आपराधिक जालो फैलाउन उद्यत देखिन्छन् । सीआईबी, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरीको विशेष ब्युरोको अनुसन्धानबाट नेपालमा चिनियाँ तस्करको जालो फैलँदै गएको देखाएको छ ।

रक्तचन्दन छाडेर सुनतिर
रक्तचन्दन कारोबारमा चिनियाँ तस्करले जुन हिसाबले लगानी गरेका थिए, ठयाक्कै त्यही ढंगमा यतिबेला सुनमा लगानी भइरहेको अनुसन्धानकर्ताको बुझाइ छ ।१३ वर्षयता उपत्यकासहित काभ्रे र सिन्धुपाल्चोकमा मात्रै करिब ४० टन रक्तचन्दन बरामद भएको छ । १८ करोड रुपैयाँ बराबरका दुई लाख २९ हजार तीन सय ४६ किलो बरामद रक्तचन्दन कुहिने अवस्थामा छन् ।

सुन लिएर आउने डलर लिएर जाने
०७३ माघमा झन्डै तीन लाख अमेरिकी डलर र अन्य विदेशी मुद्रासहित तीन चिनियाँ नागरिक पक्राउ परे । झोेङ डौफाङ, झौ सिलियोन र झाओलियाङ फेङलाई प्रहरीले नागढुंगाबाट नियन्त्रणमा लिएको थियो । यो रकम उनीहरूले ठमेलकै मनि एक्चेन्जबाट सटही गरेको दाबी प्रहरीको छ । खासगरी चीनबाट सुन ल्याएपछि तस्करले उनीहरूलाई डलर साटेर ल्याउन प्रयोग गरेको प्रहरीको बुझाइ छ ।

नागढुंगाबाटै ६ जना चिनियाँ नागरिक विदेशी मुद्रासहित वैशाख २७ मा पक्राउ परे । याओ जिनवान, ताङ, युछिङ, झेङ सुयान, झाओ जिनछेन, सी झियुन, लियू छियोमोई नामक चिनियाँ नागरिकबाट प्रहरीले तीन लाख ४९ हजार तीन सय अमेरिकी डलर, ६ हजार आठ सय ५० युरो, १७ हजार सात सय ८१ चिनियाँ यूआन, २९ लाख ५० हजार जापानी एन, दुई हजार दुई सय स्वीस फ्रेंक, एक हजार चार सय अस्ट्रेलियन डलर, एक हजार एक सय पाउन्ड स्टर्लिङ र २४ हजार नेपाली रुपैयाँ बरामद गरेको थियो ।

‘सुन तस्करीबाट पाएको नेपाली पैसालाई डलर र अन्य विदेशी मुद्रामा सटही गरेको अनुसन्धानले देखाएको छ’, एक उच्च प्रहरी अधिकृतले भने, ‘चीनबाट सुन ल्याउने र काठमाडौंमा बिक्री गरेपछि डलर लिएर जाने प्रवृत्ति बढेको छ ।’

यी दुई घटनाले चिनियाँ नागरिक डलर तस्करीमा प्रयोग भएको पुष्टि हुन्छ । त्यसो त चिनियाँ नागरिकले डलर तस्करीका लागि सुरक्षा संवेदनशील क्षेत्र विमानस्थललाई समेत प्रयोग गरेका छन् ।

विमानस्थलमा कडा सुरक्षा जाँच हुने भएपछि सडकमार्गबाट डलर तस्करी गर्ने काइदा रोजे पनि चिनियाँ तस्कर पक्राउ परेका थिए । ०७२ भदौ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक यि वाङ पक्राउ परे । उनले चुरोटको बट्टाभित्र ६० हजार डलर राखेर लैजाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानपछि उनी चार पटकसम्म नेपाल आएर डलर तस्करी गरेको पत्ता लागेको खुलेको थियो ।

नेपालमा चिनियाँको गतिविधि
नेपालमा चिनियाँको गतिविधि ०५० सालदेखि सुरु भएको देखिन्छ । सुरुमा कन्स्ट्रक्सनको निहुँमा छिरेका उनीहरूले ठमेल, बानेश्वरलगायत ठाउँमा आफैं बस्न गेस्ट हाउस बनाए । पछि रेस्टुराँ र ठूला होटल खोलेर व्यापार सुरु गरे । कति अहिलेसम्म पनि व्यापारमै छन् भने कति गइसके । ०५८ पछि पर्यटक एवं व्यवसायीका रूपमा चिनियाँ भित्रिन थालेका हुन् । केही चिनियाँ नागरिक व्यवसायकै आडमा अहिले रक्तचन्दन, सुन, डलर तस्करीमा समेत संलग्न रहेको पाइन्छ ।

सुन भारतमा बढी खपत हुन्छ, रक्तचन्दन चीनमा । यी दुवै वस्तु एक मुलुकबाट अर्कोमा जाँदा नेपाली भूमि प्रयोग भएका छन् । यसका पछाडि नेपालको खुला सिमाना र कमजोर प्रशासन संयन्त्र नै कारण हुन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकासित मिति

Loading...

 

yummyfood