tealaya add

samajik suraxa kosसामाजिक सुरक्षाकोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको सामाजिक सुरक्षा कोषले जनाएको छ । बुधबारसम्मको तथ्यांकमा ४ हजार ७९० संघ-प्रतिष्ठान तथा संस्थाका कुल ५० हजार १४० जना श्रमिक सचूीकतृ भएका काेषका कायर्कारी निदर्शेक कपिल ज्ञवालीले जानकारी दिए । कोषका अनुसार अहिलेसम्म सूचीकृत हुने रोजगारदाता कम्पनीमा मुलुकका ठूला व्यावसायिक घरानाअघि देखिएका छन् । अहिलेसम्म सानालगानीकर्ताले भने विभिन्न बहानामा अटेरी गरिरहेको पाइएको छ । सरकारले सूचीकरणमा आउन आह्वान गरेलगत्तै कोषमा सूचीकरणगराउने ठूला उद्योग-प्रतिष्ठान तथा कर्पोरेट हाउसमा चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम् सिमेन्ट, युनिलिभर, जिफोर एससहित ११७ वटा बहुराष्ट्रिय ठूला कम्पनी रहेका छन् ।

यसैगरी, अहिलेसम्म नेपाल मेडिकल कलेज, किरण सुज (गोल्डस्टार), सोल्टी होटल,मेरियट होटल, शंकर ग्रुप, यति डिस्ट्रिलरी ट्रिनिटी कलेज, किस्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज (विभिन्न क्षेत्रमा हजारौं प्राविधिक कर्मचारीलाई आउट सोसिङ गर्ने कम्पनी), दराज डटकमलगायतका कम्पनी पनि आबद्ध भएको कोषले जनाएको छ । सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न सहजताका लागि कोषले कल सेन्टर स्थापना गर्न े पनि जनाएको छ । कोषका कार्यकारी निर्देशक ज्ञवालीले सूचीकरणका लागि तोकिएको समयसीमा नजिकिँदै गर्दा आबद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या उल्लेख्य रूपमा बढ्दै गएको बताए ।उनले बुधबार दिउँसोसम्म सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको बताए ।

अहिलेसम्मको अवस्था हेर्दा कोषमा सूचीकृत हुनेमा साना लगानीमा सञ्चालितभन्दा ठूला रोजगारदाताको संख्या बढी देखिएको कोषले जनाएको छ । कोषले सूचीकृत हुन सजिलो होस् भन्नका लागि प्राविधिक सुधार गरेको जनाएको छ । ठूला रोजगारदाता कहाँ कोषका कर्मचारी पुगेर श्रमिक सूचीकरणमा सहयोग गरिरहेको छ । विभिन्न क्षेत्रसँग छलफल चलाइरहेको छ । कल सेन्टर केही दिनमै खोल्ने तयारी गरेको जानकारी गराउँदै उनले सामाजिक सुरक्षा कोषको सूचीकरणलाई सफल बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका पछिल्ला प्रयासबारेसमेत जानकारी गराए । उनले कोषका कतिपय प्रावधानमा देखिएका अस्पष्टतालाई सबै पक्षसँगको गहन छलफल र अन्तरक्रीयापछि गत साउनमा कार्यविधि संशोधन गरिएको बताए ।

विभिन्न २३ वटा बुँदामा संशोधन गरी रोजगार दाता र श्रमिकलाई कोषमा आबद्ध हुन थप सहज वातावरणको निर्माण गरिएको कोषले जनाएको छ । मन्त्रालयका अनुसार यस कोषलाई थप प्रभावकारी बनाउन मन्त्री विष्टले गत ४ भदौमा आउटसोर्सिङ कम्पनीसँग छलफलगरी सामूहिक रूपमा समयावधिभित्रै सबै कम्पनी र श्रमिकलाई सूचीकृत गरिसक्ने प्रतिबद्धता गराएका थिए । सोही प्रतिबद्धताबमोजिम मंगलबार मात्रैआउट सोर्सिङ कम्पनीको छाता संगठनका अध्यक्षसँग छलफल गरिएको थियो । यस्ता कम्पनीमा करिब २ लाख बढी श्रमिक रहेको प्रारम्भिक जानकारी लिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन भदौ महिनाको अहिलेसम्म निजी क्षेत्रका विभिन्न छाता संस्थासँग छलफल तथा सुझाव संकलनको काम गरेको थियो । मन्त्रालयका अनुसार अहिलेसम्म एक जना व्यक्ति मात्र भएको संस्थादेखि कुल सय जनाभन्दा बढी कामदार÷कर्मचारी कार्यरत प्रतिष्ठानको संख्या ९ लाख २३ हजार ३५६ वटा रहेका छन् ।  राजधानी दैनिकमा खबर छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...