annapurna add

rabiraj zNKpCG7Nhd

रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजयराम चमारको ‘शंकास्पद मृत्यु’ प्रकरण छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख दोरेन्द्र निरौला नेतृत्वको छानविन समितिले एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ ।

छानविन समितिको सिफारिसका आधारमा एसपी खड्का र डिएसपी ज्ञानकुमार महतोलाई कारवाही गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । ‘प्रहरी नियमावलीअनुसार एसपी, डिएसपी र अन्य प्रहरी कर्मचारीलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाएका छौं’ सह–सचिव बुढाले भने–‘तीन जना प्रहरीलाई यसअघि नै निलम्बन गरिएको छ ।’

‘साथी हत्या अभियोग’मा साउन ३२ मा पक्राउ गरिएका विजयरामलाई अनुसन्धानको नाममा हिरातमा यातना दिएको छानविन समितिको ठहर छ । यातनापछि नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएका विजयरामको भदौ १० मा मृत्यु भयो । उनको मृत्युपछि परिवारले आन्दोलन चर्काएपछि गृह–मन्त्रालयले छानविन समिति गठन गरेको थियो ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...