annapurna add

agni sapkota sabhamukhप्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको छ ।

मंगलबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिइएको थियो । सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ ।

सभामुखमा सापकोटा बिरुद्ध अन्य दलबाट उम्मेदवारी नपरेपछि चुनाव नहुने भएको छ । अग्निका प्रस्तावक नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थक देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण बोलेपछि जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा निर्विरोध अग्निप्रसाद सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर