कञ्चनपुरको पुनर्वासमा जबर्जस्ती करणीको आरोप लागेका सभामुख कृष्णबहादुर महराको मंगलबार पुत्ला दहन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख महरा नैतिक चरित्र पतन भएको देखिएकाले कार्वाहीको माग गर्दै  पुत्ला दहन गरेका हुन ।

sabhamukha birodh KANTIPATHNEWS

नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्यायको नेतृत्वमा बिरोध प्रदर्शन गर्दै सभामुख महराको पुत्ला दहन गरिएको हो ।

राज्यको माथिल्लो तहमा बसेका महराले साँच्चिकै महिला माथी बलात्कार गरेको प्रमाणित भए उनलाई फाँसीको सजाय दिन सरकारले खुट्टा कमाउन  नहुने कञ्चनपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति गोपि प्रसाद उपाध्यायले बताउनुभयो  ।

साथै आरोप प्रमाणित भए ईतिहासमै आजको दिन कालो दिनका रुपमा रहने समेत उल्लेख गर्नुभयो । आरोपित महराले मंगलबार सभामुख पदबाट राजिनामा दिएका छन ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर