annapurna add

APF SP Upreti2020 07 08 09 07 44

सशस्त्र प्रहरी बलको धनुषास्थित गणका गणपति हुन् राजेश उप्रेती । वार्षिक क्यालेन्डरअनुसार सशस्त्र प्रहरीका एसपीहरूको सरुवा यसै महिनाको अन्त्यमा हुने गर्दछ । त्यसैले राजेश उप्रेतीसहितका धेरै एसपीहरूको सरुवाको दिन अब नजिकिँदैछन् । सर्लाहीका गंगा श्रेष्ठ र बाराका दिग्विजय सुवेदी पछि गणपति भएका कारण उनीहरूको सरुवाबाहेक अन्य गणपतिहरूको सरुवा यसै महिनाको अन्तिममा हुनेछ ।

खबरका अनुसार, सरुवाको मुखमा रहेका एसपी राजेश उप्रेतीको नाम भजाउँदै चलखेल गर्दैछन् उनले घुमुवाका रूपमा परिचालन गरेका सिपाही रामजीवन यादव । त्यसो त यी घुमुवा यादव पहिले असई सुनिल रायको टोलीमा पनि संलग्न थिए । सुनिल रायसँगै रामजीवन यादव सशस्त्र प्रहरीका धनुषाका चर्चित र विवादित घुमुवामा पर्दछन् ।

एसपी उप्रेतीले पनि यिनै घुमुवा यादवलाई परिचालन गरेका थिए । तर उनलाई के थाहा कि घुमुवा यादवले उनको नाम भजाउँदै धेरै तस्कर र व्यापारीसँग नाजायज फाइदा लिने गरेका छन् भन्ने कुरा । विवादमा आएपछि २ नम्बर प्रदेशका बाहिनीपति राजु अर्यालले घुमुवा रामजीवन यादवलाई बारा सरुवा गरे तर सरुवा भएको एकाध दिनमा नै उनी पुनः धनुषामा फर्किएर फेरि घुमुवा बस्न सफल भएकाे खबर छ ।

सशस्त्र प्रहरीमा भावी आइजीपीका रूपमा समेत चर्चामा रहेका डीआइजीपी राजु अर्यालले सरवा गरेको ठाउँमा राख्न नसक्ने र फर्किएर आएपछि पनि युनिफर्म नलगाई घुमुवामा नै बस्नु सिपाही रामजीवन यादव सशस्त्र प्रहरीमा कति शक्तिशाली रहेछन् भन्ने कुरा अहिले बाहिनीमा समेत चर्चा चल्ने गरेकाे छ ।

विगत ३ वर्षदेखि धनुषाको सशस्त्रको एसपी जो भए पनि उनीहरू सबैको घुमुवाका रूपमा परिचालन हुँदै आएका निकै विवादित घुमुवा हुन् रामजीवन यादव । जसलाई डीआइजीले हटाउन खोजेर पनि हटाउन सकेनन् । एसपी उप्रेतीले पुन घुमुवाकै रूपमा परिचालन गरिरहेका छन् । स्राेतका अनुसार, अहिले जटही भन्सारबाट भित्रिने जति सामानहरू छन् ती सामानहरूको केबल २० देखि २५ प्रतिशतमात्र भन्सार काटिने गरेकाे छ र बाँकी सबै सामान मिलेमताे र सेटिंगमा छुट्ने गर्दछ ।

त्यो नाकाबाट भित्रिने व्यापारीहरूसँगको सेटिंग मिलाउने काम सशस्त्रका घुमुवा रामजीवन यादवले गर्दै आएको कुरा वैध रूपमा व्यापार गर्दै आएका यहाँका व्यापारीहरू बताउँछन् । त्यसो त डीआइजी अर्यालले चाहेर पनि घुमुवालाई हटाउन नसक्नुका पछाडि गणपति एसपी उप्रेती झापा जिल्लाबासी भएकाले हाे कि भन्ने प्रश्न खडा भएकाे छ ।

बालुवाटारसंग नजिकको सम्बन्ध रहेका कारण एसपी उप्रेतीले डीआइजी अर्यालकाे निर्देशनलाई लत्याएर निज यादवलाई घुमुवा कायम राखेको चर्चा गणमा चल्ने गर्दछ । साँघुन्युजमा समाचार छ !

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...