annapurna add

Firing on a student in KohalpurNEWSW KANTIPATHकाठमाडाैँ । ट्रकले विद्यार्थीलाई टक्कर दिएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । नम्बर नखुलेको एउटा ट्रकको ठक्करबाट त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत प्रकृत्रि चन्दको मृत्यु भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । आक्रोशित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गर्नुका साथै करिब ७ वटा सवारीका साधानमा तोडफोड गरेका छन् । विद्यार्थीहरुले राजमार्ग र सडक ठप्प पारेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेका छन् । तीब्र गतिमा रहेको ट्रकले प्रकृतिलाई ठक्कर दिइ घाइते बनाएको अवस्थामा ब्याक गरेर पुनः किचेको स्थानीयले जनाएका छन् । घटनाबारे जानकारी गराउन जाँदा स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीले उल्टै अभद्र व्यवहार देखाएको पनि स्थानीयहरुको भनाइ छ ।

याे पनि पढ्नुहाेस् - प्रहरीद्वारा स्कुले विद्यार्थीमाथी गोली प्रहार, शुसिल थापाकाे अवस्था गम्भीर

बाँकेको कोहलपुरमा प्रहरीले गोली चलाएको छ । आईतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्याथीहरुमाथी प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागी त्रिभुवन मावि कक्षामा ९ मा पढ्ने शुसिल थापा गम्भीर घाईते भएका छन । घाईते थापाको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

आईतबार विद्यालय जाँदै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो । कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहान १० बजेदेखीको सुरु भएको आन्दोलनलाई दवाउन प्रहरीले दर्जन बढि हवाई फायर गरेको छ । प्रहरी दमन बिरुद्ध उत्रिएका विद्यार्थीहरुले कोहलपुर बजार पूर्ण रुपमा बन्द गराएका छन । प्रहरीले अझैं हवाई फायर गरीरहेको छ ।

याे पनि पढ्नुहाेस् - कोहलपुरमा विद्यार्थीमाथी गोली प्रहार, कस्ताे छ अवस्था ?

ट्रकले छात्रालाई किचेको घटनाले कोहलपुर तनाबग्रस्त बनेको छ ।

आइतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त बनेको हो ।

घटनापछि आक्रोशित विद्यार्थी तथा अभिभावकहरूले ट्रक जलाइदिएका छन् । त्यसपछि माहोल तनावग्रस्त भएको हो ।

प्रहरी र स्कुले विद्यार्थीबीचको झडप भएको छ । कोहलपुर रणभूमिमा परिणत भएको छ ।

स्कुले विद्यार्थीको प्रदर्शनलाई दवाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । दुई दर्जन बढी हवाई फायर गरिएको छ ।

कोहलपुर प्रहरीले चलाएको रबरको गोली लागेर एक विद्यार्थी घाइते भएका छन् ।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी हवाई फायर गरेको प्रदर्शनकारीले बताएका छन् ।

प्रदर्शनका क्रममा एक दर्जन विद्यार्थी घाइते भएका छन् । घटनामा आधा दर्जन प्रहरी समेत घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आइतबार बिहान विद्यालयतर्फ जार्दै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो ।

कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगञ्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो ।

दुर्घटनामा चन्दको दुबै खुट्टा पूर्ण रुपमा पिल्सिएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आन्दोलित विद्यार्थीले घाइतेको उपचार, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राखेर ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ पनि गरेका छन् ।

प्रहरी कार्यालय नै घेराबन्दीमा परेपछि प्रहरीले रबरको गोली र हवाई फायर गरेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...