annapurna add

swabiu chunabविद्यार्थीहरुको राजनैतिक संगठन स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन आगामी फागुन १४ गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले चुनावको मिती तय गरेको हो । निर्वाचन मिति तोकिएसंगै मातहतका निकाय र क्याम्पसलाई जानकारी पठाउन थालिएको रजिस्ट्रार पेशल दाहालले जानकारी दिए ।

विश्वविद्यालय विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम चाडो सक्न क्याम्पसलाई ताकेता गरिसकेको र कार्यकारी परिषद्को बैठकले निर्वाचनसम्बन्धी प्रक्रिया थाल्न विभागलाई समेत परिपत्र गरेको छ । निर्वाचनभन्दा एक महिना पहिले मिति र कार्यतालिका सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...