annapurna add

Sudhir Chaudharyकाठमाडौँ । जी न्यूज टेलिभिजनका प्रधानसम्पादक सुधिर चौधरीले नेपालबारे गरिएको अपत्तिजनक ट्वीटबारे माफी मागेकाे छ ।

याे पढ्नुहाेस् 

प्रधानमन्त्रीको चरित्रहत्या गर्ने भारतीय मिडियाबारे प्रेस काउन्सिलको आपती

भारतीय न्यूज च्यानलहरु पनि नेपालमा प्रतिबन्ध

sudhirनेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएपछि चौधरीले नेपाल भारतको न्यूज एङ्करहरुसँग नै डराएको र नेपालविरुद्ध सेना पठाउनु नै नपरेको ट्वीट गरेका थिए ।

अहिले उनले उक्त ट्वीटलाई हटाउँदै माफी मागेका छन् ।

उनले लेखेका छन्,

मेरे इस ट्वीट से नेपाल के हमारे दर्शक आहत हुए हैं।यहाँ भारत में भी बहुत से लोगों ने मुझे लिखा कि ये विचार सही नहीं है।सम्भव है कि मैंने ये खबर आने के बाद आवेश में अनावश्यक प्रतिक्रिया कर दी हो।ये मंच अभिव्यक्ति का है,आहत करने का नहीं।इसलिए खेद जताते हुए इस ट्वीट को हटा रहा हूँ।🙏 https://t.co/mqTL652uOe

— Sudhir Chaudhary (@sudhirchaudhary) July 10, 2020

यसअघि जी न्युजमा नै प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे आपत्तिजनक समाचार प्रशारण भएको थियो ।

फेक समाचारको आडमा घृणाको व्यापार

oliii

प्रधानमन्त्रीलाई लिएर भारतीय टिभीको अशिष्ट प्रसारण बारे प्रेस काउन्सिलले पठायो भारतमा पत्र

भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ।

भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रशारण भएकोप्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर सरोकार राखेको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।

त्यस्तै प्रेस काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने दुई अनलाइनलाई कारवाही गरेको छ।

काउन्सिलले ‘दुःखद् खबर’ भन्दै भर्खरै नेपालबाट कतारका लागि उडेको जहाज दुर्घटना हुँदा ८७ को मृत्यु भएको भनी झुठो समाचार सम्प्रेषण गर्ने ‘मिडियाएनपिओ’ र ‘कुन्तिपुर.कम’ लाई बन्द गरेको छ।

त्यसैगरी निरन्तर अश्लील पोष्ट सम्प्रेषण गर्ने ‘हिमालयन दैनिक’ पनि बन्द गरिएको छ।

पटक–पटक सचेत गराउँदा पनि आफ्नो भ्युअर्स बढाउने नाममा अश्लील पोष्ट सम्प्रेषण गर्ने तर सच्चिन तयार नहुने भएपछि काउन्सिलले कारवाही गरिएको अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।

यससँगै प्रशारण बन्दको कार्वाहीमा पर्ने अनलाइन न्यूज पोर्टलको सङ्ख्या एक सय पुगेको छ।

press1nepalpress2nepal

प्रकासित मिति

Loading...
Loading...

 

Loading...