feature pic kantipathnewsमहेन्द्रनगर । सुदूरपश्चिममा १२ जना जनप्रतिनिधिहरु विभिन्न अपराधमा प्रहरीको फन्दामा परेका छन् । जनताको सेवामा रातदिन खटिने बाचासहित निर्वाचित जनप्रतिनिधिहरु एक पछि अर्को गर्दै अपराधका घटनामा मुछिन थालेका छन् ।

२०७४ सालमा भएको तीन तहको चुनावपछि त यसको संख्या ह्वात्तै बढेको छ । प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिमका १२ जनप्रतिनिधिहरु विभिन्न अपराधमा प्रहरी फन्दामा परेका छन् ।

स्थानीय तह तथा प्रदेश सभामा जनप्रतिनिधि आए पश्चात् जिम्मेवारी विपरित उनिहरु अपराधमा मुछिने क्रम बढेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले आभाषकुञ्ज दैनिकलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा १२ जनप्रतिनिधि विरुद्ध मुद्धा दर्ता भएका छन् ।

सुदूरपश्चिमका १२ जनप्रतिनिधि विरुद्ध दर्ता भएका मुद्दाहरु जुवातासदेखि ज्यान मार्ने उद्योगसम्मका छन् । निमित्त सुदूरपश्चिम प्रहरी प्रमुख देवबहादुर बोगटीका अनुसार मुद्दा दर्ता भएका सुदूरपश्चिम प्रदेशका १२ जना जनप्रतिनिधिमध्ये जुवातास, ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध शीर्षकमा समान दुई÷दुई मुद्दा दर्ता भएका छन् ।

यस्तै हातहतियार खरखजना, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता शीर्षकमा समान एक÷एक मुद्दा दर्ता भएका छन् । महिला जनप्रतिनिधि भन्दा पुरुष जनप्रतिनिधि अपराधमा बढि जोडिएका छन् । स्थानीय तहका वडाध्यक्ष र वडा सदस्यहरु अपराधमा बढि मुछिएका छन् भने सांसद समेत अपराधमा मुछिएका छन् ।

LISTNEWS OF KANTIPATHNEWSनेपाल प्रहरी

प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौँ जिल्लाहरुमध्ये सबैभन्दा बढि बाजुरा जिल्लाका जनप्रतिनिधिहरु विभिन्न अपराधमा प्रहरी फन्दामा परेका छन् । बाजुराका ४ जना जनप्रतिनिधि उद्योग, हातहतियार खरखजना अपराधमा प्रहरी फन्दामा परेका छन् ।

यस्तै कैलाली, डडेल्धुरा जिल्लाका समान तीन÷तीन जना जनप्रतिनिधि प्रहरी फन्दामा पर्दा अछाममा एक जना जनप्रतिनिधिको हातमा हतकण्डी लागेको छ । प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिमका अन्य जिल्लाका जनप्रतिनिधि विरुद्ध भने मुद्दा दायर भएको छैन ।

पछिल्लो समय जनप्रतिनिधिहरु राजनितिक आडमा विभिन्न अपराधमा संलग्न भएर प्रहरी फन्दामा पर्ने क्रम बढ्दो रहेको प्रहरीको भनाइ छ । जनप्रतिनिधि आएको सुरुको वर्ष उनिहरु विरुद्ध अपराधमा मुद्दा शून्य जस्तै रहेको तर पछिल्ला वर्षमा भने बढ्दै गएको प्रहरीको भनाइ छ ।

आर्थिक वर्ष २०७५÷०७६ देखि २०७६÷०७७ को असोजसम्म अर्थात एक वर्षको अवधिमा १० जना जनप्रतिनिधि विरुद्ध तस्करदेखि ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता भएका छन् । प्रहरीको तथ्याङ्क अनुसार, तीन वटै तहको निर्वाचन सम्पन्न भए यता संघीय सांसद्सहित देशभर ७९ जना जनप्रतिनिधिहरु विभिन्न अपराधमा प्रहरी फन्दामा परिसकेका छन् ।

एकजना प्रहरीको खोजी सूचीमा छन् । प्रहरीको देशभरको तथ्याङ्कमा अपराधमा मुछिने मध्ये सबैभन्दा धेरै जनप्रतिनिधी प्रदेश नम्बर २ का छन् । प्रदेश नम्बर २ मा मात्र १७ जनाको नाम अपराधीको सूचीमा छ ।

उनीहरु हत्यादेखि मानव बेचविखनसम्मको आरोपमा मुछिएका छन् । प्रदेश २ बाहेक पनि अन्य सबै प्रदेशबाट कुनै न कुनै जनप्रतिनिधि अपराधमा मुछिएका छन् । यतिमात्र होइन संघीय सांसद् समेत अपराधका घटनामा मुछिएका छन् ।

हालसम्म संघीय संसदका ६ जना, प्रदेश नम्बर १ का ११, प्रदेश नम्बर २ का १७, प्रदेश नम्बर ३ का १४, गण्डकी प्रदेशका ५, प्रदेश नम्बर मा ११ जना, कर्णाली प्रदेशका ११ जना र सुदूरपश्चिम प्रदेशका ११ जना जनप्रतिनिधिहरु अपराधमा मुछिएका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार, सबै भन्दा बढी झुठा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १४ जना जनप्रतिनिधि मुछिएका छन् । त्यसैगरी १३ जना जनप्रतिनिधि केही सार्वजनिक अपराध अन्तर्गत मुछिएका छन् ।

विभिन्न प्रदेशका गरी १० जना जनप्रतिनिधि ज्यान मार्ने उद्योग अन्तर्गत नै मुछिएका छन् । ६ जना सरकारी छाप कृर्ते गर्ने, ५ जना जुवातास, ४ जना जबजस्ती करणी, ४ जना सवारी ज्यान, ३ जना कर्तव्य ज्यान, २ जना जातिय छुवाछुत, २ जना लागुऔषध, २ जना बहुविवाह मुद्दामा मुछिएका छन् ।

यसबाहेक, बोक्सीको आरोप, संगठित अपराध, मानव बेचविखन, बैंकिङ कसुर, मुर्ती चोरी लगायतका घटनामा समेत जनप्रतिनिधिहरुको संलग्नता देखिएको छ ।

सुदूरका जनप्रतिनिधिको अपराध

१. रेशमलाल चौधरी

RESHAM KANTIPATH

सुदूरपश्चिम प्रदेशबाट अपराधमा मुछिएका जनप्रतिनिधिहरुमध्येको एक नाम हो, रेशमलाल चौधरी । राजपा नेता चौधरीले कैलाली–२ बाट चुनाव जितेका थिए ।

चौधरीलाई टिकापुर नरसंहारको मुख्य योजनाकारमध्येको एक मानिएको छ । उनी सांसदबाट निलम्बनमा परेका छन् ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा १८ महिने बालक टेकबहादुर साउँद र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या प्रकरणमा चौधरीसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरेको थियो ।

त्यही फैसलाका आधारमा उनी हाल सदरखोर डिल्लीबजारमा कैद भुक्तान गरिरहेका छन् ।

२. नारदमुनी राना

Naradmuni KANTIPATHNEWS
अपराधमा मुछिएका अर्का जनप्रतिनिधि हुन, नारदमुनी राना । उनलाई ‘कूटनीतिक राहदानी’ बिक्रि गरेको अभियोग छ ।

२०७४ को आमनिर्वाचनमा कैलाली–५ बाट निर्वाचित नेकपा सांसद राना २०६४ को संविधानसभा सदस्यका हैसियतमा लिएको कूटनीतिक राहदानी निर्मल बानियाँलाई बिक्री गरेको अभियोगमा विशेष अदालतबाट सफाइ पाइसकेका छन् ।

विशेष अदालतले रानालाई सफाई दिएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको सफाइ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । ४ वर्षदेखि उक्त मुद्दा सर्वोच्चमै विचाराधीन छ ।

३. कलावती बोहरा

kalawati bohara kantipathnews

बोहरा डडेल्धुराको परशुराम नगरपालिकाकी उप–प्रमुख हुन ।

परशुराम नगरपालिका–४ की उनि नेपाली काँग्रेसकातर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचित भएकी हुन ।

उप–प्रमुख बोहरा विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता शीर्षकमा प्रहरीमा मुद्दा छ ।

२०७६ असोज ७ गते नेपाली कांग्रेस पार्टी कार्यालय डडेल्धुरामा भएको तोडफोड, हातपात, तथा गाली गलौज अश्लिल शब्दहरु प्रयोग गरेको भन्दै उनि विरुद्ध मुद्दा दर्ता भएको थियो ।

४.सुर्य प्रकाश खड्का

syry kantipathnews
खड्का डडेल्धुराको अमरगढी नगरपालिका–११ का वडाध्यक्ष हुन ।

उनि विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा प्रहरीमा मुद्दा छ ।

२०७६ असार २५ गते डडेल्धुरा अस्पतालका डाक्टर दिनेश उपाध्यायलाई अभद्र व्यवहार गरी हातपात गरेको भन्दै

कानुन बमोजिम कारबाहीका लागि अस्पतालका मेसु डाक्टर जितेन्द्र कंडेलसहित १२ जनाले प्रहरीमा निवेदन दिएका थिए ।

५. बल बहादुर ऐर

BAL BAHADUR AYER kantipathnews

सुदूरपश्चिमबाट अपराधमा मुछिएका जनप्रतिनिधिमध्येका अर्का हुन, कैलालीको धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष बल बहादुर ऐर ।

उनि विरुद्ध सार्वजनिक अपराध शीर्षकमा मुद्दा छ ।

ऐर तत्कालिन माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार थिए ।

६. अम्मलाल कार्की

ammlala karki kantipathnews

प्रहरी फन्दामा परेका जनप्रतिनिधिमध्ये बाजुराको बडिमालिका नगरपालिका–५ का वडाधयक्ष अम्मलाल कार्की पनि एक हुन ।

उनि विरुद्ध प्रहरीमा सार्वजनिक शान्ती विरुद्धको कसुरमा मुद्धा छ ।

२०७५ भदौँ १६ गते कार्कीलाई प्रहरीले मदिरा सेवन गरेर हुलहुज्जत तथा गाली गलौज गरेको भन्द्यै प्रहरीले समातेको थियो ।

७. सज्जन बहादुर शाही

sajjan bdr sahi kantipathnews
अछामको पञ्चदेवल बिनायक नगरपालिका– ४ का वडाध्यक्ष सज्जन बहादुर शाही विरुद्ध प्रहरीमा सार्बजनिक अपराधको मुद्दा परेको थियो ।

महिलाहरुलाई अभद्र व्यवहार गरेको भन्दै शाही पक्राउ परेको थिए ।

जिल्ला प्रशासन कार्यालय अछामको २०७६ साउन ६ गतेको आदेश अनुसार वडाध्यक्ष शाही ४ हजार धरौटी तिरी तारेखमा रिहा भए ।

८. राजेन्द्र बहादुर खड्का

rajendra bdr khadka kantipathnews
राजेन्द्र बहादुर खड्का पनि प्रहरीको फन्दामा पर्ने जनप्रतिनिधि हुन ।

उनि डोटीको दिपायल सिलगाढी नगरपालिका– २ का वडाध्यक्ष हुन ।

२०७५ फागुन १३ गते दिपायल सिलगढी नगरपालिका–४ राजपुरस्थित लाल बहादुर कठायतको होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वडाध्यक्ष खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

९. बसन्ती भण्डारी
डडेल्धुराको अमरगढी नगरपालिका– १० की बसन्ती भण्डारी वडा सदस्य हुन ।

परशुराम नगरपालिकाकी उप–प्रमुख कलावती बोहरा विरुद्ध दर्ता भएको मुद्दामा नै उनको नाम पनि उल्लेख छ । सोही मुद्दामा वडा सदस्य भण्डारी विरुद्ध प्रहरीमा मुद्दा छ ।

२०७६ असोज ७ गते नेपाली कांग्रेस पार्टी कार्यालय डडेल्धुरामा भएको तोडफोड, हातपात, तथा गाली गलौज अश्लिल शब्दहरु प्रयोग गरेको भन्दै उनि विरुद्ध मुद्दा दर्ता भएको छ ।

१०.कृष्ण मिजार
मिजार विरुद्ध प्रहरीमा हात हतियार खरखजना ओसारपसारको मुद्दा छ ।

उनि बाजुरा त्रिवेणी नगरपालिका–७ का वडा सदस्य हुन ।

२०७५ फागुन १० गते जिल्लाको त्रिबेणी नगरपालिका–७ बाधापानी जंगलमा अबैध एकनाले भरुवा बन्धुक र गोली सहित सदस्य मिजारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

११. खगेन्द्र रावत
खगेन्द्र बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का वडाध्यक्ष हुन ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित जतास खेलिरहेको अवस्थामा पक्राउ परेका थिए ।

१२. प्रकाश रावल
रावल बाजुरको बडिमालिका–८ का वडाध्यक्ष हुन ।

उनि ज्यान मार्ने अभियोगमा प्रहरी फन्दामा परे । मिति २०७५ असोज २० गते राती वडाध्यक्षले बोलाएको भन्दै केही मानिस घरभित्र प्रवेश गरी स्थानीय कुटेका थिए ।

वडाध्यक्ष रावलको मुख्य योजनामा उक्त घटना भएको भन्दै प्रहरीमा उजुरी छ । निगरानी खबर

प्रकासित मिति

Loading...
Loading...

 

Loading...