1478958692 banner ad format

 
 

काठमाडौं  - स्कुलको अन्तिम  कक्षा पढेर उनी कोठा फर्किदै थिईन् । पानी परिरहेको थियो । सधै ओहोरदोहोर गर्ने बाटो टोलभरिको ढलले हिँड्न सक्ने थिएन । 

Sujata galle min

पानीले भिजेको महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गाले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँबस्तीस्थित कोठामा जाने सुरमा थिईन । 
उनी संगै कक्षाका साथीहरु पनि थिए । 

अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विचेयरमा ढलको पानीमा डुबेको देखिन् । 

उनी हातमा बोकेको पुस्तक साथीलाई दिएर हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन् । ढलको पानी छिचोल्न वैकल्पिक बाटो खोज्दै अघि बढेकी उनी जुत्तासमेत नखोली जमेको पानीमा छिरिन् ।, यो खबर आजको कान्तिपुरमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood