annapurna add

Anil 8 16 e1606831637150लामो समयदेखि गैरन्यायिक थुनामा रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

र,फेरि काभ्रे लगिएको बुझिएको छ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले गरेको आदेशमा भनिएको थियो ‘निवेदक अनिल शर्मा विरही भन्ने छविलाल सापकोटालाई प्रवृत्त भावनाबाट प्रत्यर्थीहरूले हिरासतमा राखिराख्ने उद्देश्यले गराएका सम्पूर्ण काम कारबाहीहरू कानुनबमोजिमको नदेखिँदा अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए थुनाबाट मुक्त गरिदिनु भनी प्रत्यर्थीहरूको नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।

निजलाई थुनाबाट मुक्त गर्न इलाका प्रहरी कार्यालय,बेलबारी,मोरङमा लेखी पठाई मोरङ जिल्ला अदालतलाई सोको जानकारीसमेत दिनु ।’

रिटमा निवेदक शर्माको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी,अधिवक्ताहरू कपिलचन्द्र पोखरेल,खिमानन्द अधिकारी र राजु अधिकारी तथा प्रत्यर्थी नेपाल सरकारको तर्फबाट उपन्यायाधिवक्ता शान्तिप्रसाद लुईंटेलले बहस गर्नुभएको थियो ।

यसअघि चितवन जिल्ला अदालतले जेठ १८ गते निजलाई साधारण तारेखमा छाडेको थियो भने पुनः प्रहरीले २० गते नियन्त्रणमा लिएर धनुषा जिल्ला पुर्याई त्यहाँको जिल्ला अदालतमा ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान), ज्यान मार्ने उद्योग र अङ्भङ्ग तथा बिस्फोटक पदार्थसम्बन्धी कसूर एवम् संगठित अपराधको मुद्दा चलाएको थियो ।

धनुषा जिल्ला अदालतले पनि निजलाई भदौ २३ गते १० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेपछि प्रहरीले पुनः तेस्रो पटक नियन्त्रणमा लिएर लगत्तै सुनसरी पुर्याई त्यहाँको जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

सुनसरी जिल्ला अदालतबाट पनि निजलाई असोज १३ गते साधारण तारेखमा छाड्ने आदेश भयो ।

तर,अदालत हाताबाटै प्रहरीले पक्राउ गरी निजलाई त्यहाँबाट भोजपुर पुर्याएर चौथो पटक भोजपुर जिल्ला अदालतमा बिस्फोटनलगायत चार वटा छुट्टा छुट्टै मुद्दा दायर गरे पनि अदालतले असोज २० गते ३० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसको भोलिपल्ट शर्मालाई प्रहरीले पक्राउ गरी संखुवासभा पुर्याएर त्यहाँको जिल्ला अदालतमा मुद्दा दायर गर्यो ।

संखुवासभाको जिल्ला अदालतले पनि कात्तिक २४ गते ३० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दियो । आदेश लगत्तै छुटेका उनलाई पुनः पक्राउ गरी मोरङको बेलबारी हिरासतमा राखिएको थियो । सुगर,प्रेसर,थाइरायडको समेत बिरामी रहेका अनिललाई प्रहरीले अड्डासार गर्दै हाल सोलुखुम्बु कारागार पुर्याएको हो ।

चितवनमा भर्याङ्गबाट लडेर ढाड भाँचिएकोले उपचार गर्न हस्पिटल जाँदा गिरफ्तार र अड्डासार गर्दै जनकपुर,धरान भएर सोलु बिरहीलाई सोलु पुर्याइएको हो । जन आस्थाकाे सहयाेगमा

प्रकासित मिति

Loading...
Loading...

 

Loading...