annapurna add

 

Surya Thapaनेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा कार्यकर्ताबीचको आरोप प्रत्यारोप चलिरहेको छ । कहिले सामान्य तरिकाले कहिले उद्दण्ड तरिकाले । हुनत डेड वर्षअघि पार्टी एकता भए पनि पूर्ण एकता अहिलेसम्म हुन नसकेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र हाल एकता भएर नेकपाका नेताहरुबीचकोआरोप प्रत्यारोप नौलो हैन । तर पछिल्लो समय फेरि बढिरहेको छ । त्यसलाई बढाउने काममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा लागिरहेको आरोप उनीमाथि छ । हुनत उनी ओली खेमाका हैनन् । तर जिम्मेवारीले उनलाई ओलीको सबैभन्दा ठूलो भक्त बनाइदिएको छ । फेरि अर्कैका समाचार राखिदिँदा कुरै नबुझी उनीजस्तो संचारको महत्व बुझेकालाई पाठ पढाउने धेरै देखिएका छन् । सोमबारदेखि देखिएको दोहोरीलाई उनले मंगलबार पनि निरन्तरता दिएका छन् ।

मंगलबार सामाजिक संजाल फेसबुकमा थापाले लेखे, ‘मेरो स्टाटस हो कि अरुको लेख शेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हु्न् कि ढेंडु ? कति असभ्य र घृणित रहेछन् एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरु ? छिःछि ! मान्छे बन्न अझै कति समय लाग्ने हो ???’

याे पनि पढ्नुहाेस् -  सिन्धुलीमा पछिल्लो समय मानिस हराउने क्रम बढेको छ । चालू आर्थिक वर्षको कात्तिकसम्म मात्र ४५ जना हराएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । हराउनेमा २८ महिला, ११ बालिका, पाँच बालक र एक पुरुष छन् । सबैभन्दा बढी २३ देखि ३० वर्ष उमेर समूहका मानिस हराएको हराएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक लोकदर्शन थापाले जानकारी दिए । नौ स्थानीय तह रहेको सिन्धुलीमा सबैभन्दा बढी कमलामाई नगरपालिकाबाट १७ जना हराएका छन् । दुधौली नगरपालिकाबाट १२, सुनकोसी गाउँपालिकाबाट ६, तीनपाटन गाउँपालिकामा चार, फिक्कल र गोलन्जोर गाउँपालिकाबाट दुई–दुई तथा घ्यांलेख र मरिण गाउँपालिकामा एक–एकजना हराएको थापाले बताए ।

थोरै मात्र भेटिन्छन्
हराएमध्ये थोरै मात्र फेला पर्ने गरेका छन् । हराएमध्ये हालसम्म ६ जना फेला परेको थापाले जानकारी दिए । फेला पर्नेमा पनि महिलाकै संख्या बढी छ । उजुरी कर्ताले हराएको व्यक्ति भेटिएपछि सूचना नदिने गरेकाले पनि संख्या बढी देखिएको थापा बताए ।

याे पनि पढ्नुहाेस् - सर्वोच्च अदालतमा रिक्त रहेको एक न्यायाधीश नियुक्तिका लागि भनेर डाकिएको न्याय परिषद्को बैठक बिनाटुंगो सकिएको छ । न्यायपरिषदकै एक जना सदस्य पदम वैदिकलाई उक्त रिक्त स्थानमा नियुक्ति गर्न भन्दै सो बैठक बोलाइएको थियो । तर उक्त कुरालाई लिएर बैठकमा भाँडभैलो नै मच्चिन पुग्यो । कानुनमन्त्री उपेन्द्र यादव नै यसको विपक्षमा देखिए । परिषदका सदस्य दीपककुमार कार्की पनि उनको नियुक्तिको विरोधमा उत्रिए । यसले गर्दा वैदिकको न्यायाधीश नियुक्ति सिफरिस प्रक्रिया रोकियो ।

आफू सर्वोच्च अदालतको न्यायाधीशका लागि नियुक्त हुने कुरा राजनीतिक तहमा पक्कापक्की भएपछि बुधबारमात्र वैदिकले परिषदको सदस्यबाट राजीनामा दिएका थिए । विश्वस्तताको वातावरणपछि उनले राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए । वैदिकलाई सिफारिस गराएर न्यायाधीशका रुपमा भित्र्याउन त्यहाँ पुगेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा रित्तो हात फर्किएका थिए । वैदिक नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोटामा सर्वोच्चमा पुग्दै थिए । परिषद स्रोतका अनुसार वैदिकलाई न्यायाधीश बनाउने प्रस्ताव परिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले प्रस्ताव गरेका थिए । अर्को बैठक बस्ने टुंगो समेत नगरी न्यायपरिषदको बैठक सकिएको छ । यसैबीच न्यायपरिषद बैठकसँगै हुटिङ गरिरहेको बारले ‘सम्मान र मर्यादा कायम राखौं’ भन्दै विज्ञप्तिसमेत जारी गरेको छ । नेपाल बारले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘न्यायपरिषदको सम्मान र मर्यादा कायम राखी जनआस्थामा अभिवृद्धि गर्ने कुरामा न्यायपरिषदका सदस्य जिम्मेवार र जवाफदेही हुनुपर्नेमा आफै सर्वोच्चको न्यायाधीश बन्न कोसिस गरिराखेको भन्ने व्यहोराका समाचारप्रति नेपाल बारको गम्भीर ध्यानाकर्षण भएको छ । परिषदका सदस्य आफूले आफैंलाई न्यायाधीश बनाउन लविङ गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न सकिन्न ।’

याे पनि पढ्नुहाेस् -  जलेश्वरमा सडक अतिक्रमण गरी निर्माण गरिएका निजी संरचना भत्काउन थालिएको छ । परिक्रमा सडक विस्तारका क्रममा सडक क्षेत्रमा पर्ने घरसहितका संरचना हटाउन सुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर देवेन्द्र साहले बताए । जलेश्वरको बुद्धिजीवी चोकदेखि लोहारपट्टीसम्मको २३ किमि परिक्रमा सडक निर्माणको ठेक्का ३० करोडमा लागेको हो । भारतको भलेचा र नेपालको अरनिको कम्पनीले संयुक्त रूपमा निर्माणको जिम्मा लिएका छन् । अतिक्रमण हटाउने अभियानमा जलेश्वर नगरपालिकाले पनि सहकार्य गरेको छ । मेयर रामशंकर मिश्रको उपस्थितिमा जलेश्वर क्षेत्रका घर भत्काइएको हो । जलेश्वमा २०७ घर सडक क्षेत्रमा परेका छन् । ‘त्यसमध्ये करिब आधा घर भत्काइसकेका छौँ,’ इन्जिनियर साहले भने, ‘सडक क्षेत्रका संरचना हटाउने अभियानमा नगरपालिकाको पनि साथ रहेकाले काम सहज भएको छ ।

सडक क्षेत्रमा पर्ने सबै घर भत्काएर सडक र नाला व्यवस्थित गर्ने योजना नगरपालिकाले बनाएको छ । सडक क्षेत्रमा परेको जग्गाको मुआब्जा नदिए पनि घरको भने मूल्यांकनका आधारमा मुआब्जा वितरण गरिएको मेयर मिश्रले बताए । कतिपय स्थानीयले भने मुआब्जा रकम कम भएको भन्दै अझै मुआब्जा लिन मानेका छैनन् । केहीले सडक विस्तारका क्रममा अवरोध गरेका छन् ।

madira Nisedhयाे पनि पढ्नुहाेस् - जुम्लाको पातारासी गाउँपालिकाले २५ वर्ष तल उमेर समूहका युवालाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको छ । मदिराको सेवन तथा बिक्रीवितरणमा रोक लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवालाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । कुलतका कारण युवकयुवती गलत बाटामा लागेका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

पढ्ने उमेरका युवा कुलतमा बढी फसेका कारण मदिरामा प्रतिबन्ध लगाइएको अध्यक्ष बोहोराको भनाइ छ । पच्चीस वर्ष तलका युवाले मदिरा सेवन तथा बिक्रीवितरण गर्न नपाउने गाउँकार्यपालिकाको बैठकबाट निर्णय भएको हो । यदि कोही कसैले सार्वजनिकस्थलमा मदिरा सेवन गरी हल्ला वा बिक्री गरेको भेटिएमा हदैसम्म जरिवना र कानूनी उपचारका लागि सम्बन्धित निकायमा पहल गरिने अध्यक्ष बोहोराले बताए ।

याे पनि पढ्नुहाेस् - सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन । विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल (रनवे)मा बेलाबखतमा समस्या आउने गरेको छ । रनवे चारैतिर घाँसले भरिएको छ ।

जङ्गल नजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदरजस्ता वन्यजन्तु बस्ने गरेकाले जहाज उडान र अवतरणका समयमा चुनौती अझ थपिएको छ । निर्माणको जिम्मेवारी लिएको पप्पु कन्स्ट्रक्शनले रनवेमा ग्रेडिङको काम पूरा नगर्दा समस्या भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल घाँसेमैदानमा समेत परिणत भएको छ ।

बँदेल आतङ्कले विमानस्थलमा दुर्घटनाको जोखिम पनि उस्तै बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रेमनाथ ठाकुर बताए । उनका अनुसार गत मङ्गलबार साँझ बुद्ध एयरलाइन्सको जहाज अवतरण हुने क्रममा बँदेलसँग ठोक्किएको थियो । तर, मानवीय क्षति भने भएन । बँदेलको बच्चाले भने ज्यान गुमाएको थियो ।

धावनमार्गमै वन्यजन्तु आउँदा समस्या निम्तिएको बुद्ध एयरलाइन्सका स्टेशन म्यानेजर विनित शाह बताउँछन् । उनले भने, “विमानस्थलमा धेरै घाँसेमैदान छ, बेलाबखतमा सफा गरिए पनि सरसफाइ कार्यक्रम नियमित नहुँदा समस्या उस्तै हुने गर्छ, त्यसका कारण विमान उडान र अवतरणका क्रममा वन्यजन्तु रनवेमै आउँदा चुनौती छ ।” पप्पुले विमानस्थलको ‘ओभरले’ (एकपटक बनाएको रनवेमाथि पुनः लेयर लगाउने काम) पूरा गरेको छ । तर, उसले गर्नुपर्ने मार्किङ, नाली, ग्रेडिङ (माटो सम्याउने काम) अलपत्र छाडेको छ । काम पूरा गर्न पटक–पटक पत्राचार गरे पनि अटेरी गरिरहेको प्राधिकरणले जनाएको छ ।

एक वर्षअघि सम्पन्न भइसक्नुपर्ने ठेक्का अहिलेसम्म अधुरै रहेको नागरिक उड्डयन प्राधिकरण प्रमुख ठाकुरले बताए । धावनमार्ग पक्की गर्ने, मार्किङ गर्ने, झाडी फालेर ग्रेडिङ गर्ने (सम्याउने) कार्यको ठेक्का पप्पु कन्स्ट्रक्शनले रु १३ करोडमा ठेक्का लिएको प्राधिकरण प्रमुख ठाकुरले बताए । ठेक्कामध्येको रु ११ करोड ३३ लाख भुक्तानी भइसकेको छ । काम भने अझै अपुरै रहेको छ । ठेकेदारले अटेर गरेपछि प्राधिकरणले पप्पुलाई आवश्यक कारवाहीका लागि सिफारिश गरेको उनको भनाइ छ ।

वन्यजन्तुबाट बचाउन विमानस्थलको वरिपरि काँडेतार गरिएको छ । “सुरक्षाका लागि पर्याप्त छैन, रनवेको घाँस नफाल्दासम्म जनावरले सताइरहन्छ”, प्राधिकरण प्रमुख ठाकुरले भने, “ठेकेदार कम्पनीलाई यसअघि बारम्बार काम सक्न आग्रह गर्दा पनि सुनुवाइ गरेन, यसले उडान र अवतरण संवेदनशील बन्दै गएको छ ।”

पप्पुले जिम्मेवारीले लिएकामध्ये अधिकांश काम अधुरै छन् । तोकिएको समयमा आफ्नो जिम्मेवारी बहन गर्न नसकेपछि निर्माण कम्पनी पप्पु कन्ट्रक्सनलाई कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उनका अनुसार धरौटीमा राखिएको रकम जफत गर्ने प्रक्रिया शुरु भएको छ ।

विमानस्थलको आन्तरिक पूर्वाधार निर्माणका लागि रु १२ अर्ब लगानी भइरहेको उनले बताए । गुरूयोजनाअनुसार विमानस्थललाई पूर्ण बनाउन अझै १२६ बिघा जमीन अतिक्रमण गर्नुपर्ने देखिएको उनी बताउँछन् । अहिले छ ठूला जहाज अटाउने पार्किङ–वे निर्माण भइरहेको छ । हाल दुईमात्रै ‘एटीआर ७२’ ठूला जहाज पार्किङ गर्न सकिन्छ ।

प्रमुख ठाकुरले भने, “अब छ जहाज थप गरी पार्किङ–वे निर्माणपछि आठ ठूला जहाज ल्यान्ड गर्न सहज हुनेछ, २०० मिटरको रनवे रहेको नेपालगञ्ज विमानस्थलमा गुरुयोजनाअनुरुप पश्चिमतर्फ थपेर विमानस्थलको रनवेलाई दुई हजार ६०० मिटरसम्म बढाउने तयारी भइरहेको छ ।” विमानस्थलको पार्किङ क्षेत्रमा मात्र रु २८ करोड लगानी हुँदैछ । नयाँ टर्मिनल बनाउँदा पश्चिमतर्फको डुडुवाखोला नै अर्कोतर्फ मोड्नुपर्ने अवस्था आउने प्राधिकरण प्रमुख ठाकुरले बताए ।

प्रकासित मिति

Loading...