1478958692 banner ad format

 
 

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्न माग गर्दैै आज नागरिक समाज सञ्जालले माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । 

Sushila Karki faces parliamentary hearing

‘प्रतिशोधपूर्ण महाअभियोगविरुद्ध नागरिक समाज सञ्जाल’को नेतृत्वमा निस्केको सो ¥यालीमा साझा पार्टी, विवेकशील नेपाली दल र नागरिक समाजलगायत प्रतिनिधिको सहभागिता थियो । 

दृढ वन सुशीला, हामी तिम्रो साथमा छौँ, न्यायपूर्ण लोकतन्त्र कायम गर, प्रतिशोधपूर्ण महाअभियोग खारेज गरियोस् भन्नेजस्ता नारा लेखिएका प्लेकार्ड बोकेर माइतीघर मण्डलाबाट सुरु भएको सो ¥याली बबरमहल हुँदै नयाँ बानेश्वरसम्म पुगेर कोणसभामा परिणत भयो । 

सभामा अधिकारकर्मी डा रेणु राजभण्डारीले निर्भिक, निडर रुपमा न्याय सम्पादन गरिरहेकी प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गराउनु स्वतन्त्र न्यायप्रतिको हमला भएको हुँदा उक्त प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरे ।

“अहिलेको सरकारले आफूअनुकूल फैसला नगरेको भन्दै प्रधानन्यायाधीश माथि महाअभियोग" -ओली 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गरेका छन् । 

एमालेद्वारा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले महाभियोग प्रस्ताव सर्वोच्च अदालतको संवैधानिक अङ्गको बदनाम गर्न ल्याइएको आरोप लगाउँदै तत्काल फिर्ता गर्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग माग गरे | 
KP OLi
“महाअभियोग लगाउनु चिन्ताजनक र गम्भीर कुरा हो । यो हामीलाई मान्य छैन” उनले भने,“त्यसैले भोलि(मङ्गलबार) नै सरकारले प्रस्ताव फिर्ता लिनुपर्छ ।” 

 ‘प्रधानन्यायाधीशले सरकारले भनेजस्तो नगरेर कानुनानुसार फैसला गर्न थालेपछि’ प्रस्ताव ल्याइएको हो भन्दै कुनै पनि हालतमा प्रस्ताव पारित नहुने बताए। ‘स्थानीय निर्वाचन गर्नाको साटो प्रधानन्यायाधीश कार्कीलाई हटाएर कार्यपालिकाको आदेशको तामेली गर्ने न्यायालय सरकारले ल्याउन खोजेको’ आरोप पनि लगाए। 

“हामी सरकारमा हुँदा सर्वोच्चले हाम्रो पक्षमा फैसला गरेको थिएन । तर पनि हामीले महाअभियोग लगाएनौँ”, पूर्वप्रधानमन्त्री ओलीले भने, “अहिलेको सरकारले आफूअनुकूल फैसला नगरेको भन्दै प्रधानन्यायाधीश माथि महाअभियोग लगाउन खोजेको छ ।” 

महाअभियोग न्यायालयमाथिको आक्रमण हो– अध्यक्ष लोहनी

 एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषय स्वतन्त्र न्यायालयमाथिको आक्रमण भएको टिप्पणी गरे । 

Prakash lohani
अन्तर्राष्ट्रिय मजदुर दिवसका उपलक्ष्यमा पार्टी निकट ट्रेड युनियनले आयोजना गरेको अन्तक्र्रियामा उनले मुलुकमा राज्य व्यवस्थापनको समस्या समाधान गर्न नसकेर बिना प्रसङ्ग प्रधानन्यायाधीशलाई महाअभियोग लगाइएकोमा यसले राजनीतिक अस्थिरता बढ्ने र भ्रष्टाचारीलाई संरक्षण पुग्ने बताए। 

अध्यक्ष लोहनीले देशमा स्थानीय तहको चुनाव बिथोल्ने अभिप्रायका साथ ल्याइएको यो महाअभियोग प्रस्तावले राष्ट्र र जनतालाई अस्थिरतातर्फ धकेल्ने छ भने । 

संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला : सङ्घीय समाजवादी फोरम नेपाल

सङ्घीय समाजवादी फोरम नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगलाई संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला भनेको छ । 


अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्तिमार्फत प्रधानन्यायाधीश कार्कीविरुद्ध नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) द्वारा व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव सरकार (कार्यपालिका) ले स्वतन्त्र न्यायपालिकामाथि नियन्त्रण र सर्वोच्च अदालतको न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरे । 

साझा पार्टी र विवेकशील नेपाली : डा. गोविन्द केसी

प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव ल्याएको विरोधमा साझा पार्टी र विवेकशील नेपालीले सोमबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट शुरु गरिएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. गोविन्द केसीले कार्कीमाथि महाभियोग लगाउनेहरु दलाल भएको भन्दै उनीहरुलाई सजाय दिनुपर्ने बताए । ‘यिनीहरु दलाल हुन् । अब ३ करोड नेपाली सचेत भएका छन् । यिनीहरुलाई सजाय दिनु आवश्यक छ,’ केसी भने, ‘यो चुनाव अघि पनि हुनसक्छ । चुनावमा पनि हुनसक्छ । तर, राजनीतिलाई सफा गरेर छाडिन्छ ।’

उनले आवश्यक परे फेरि अनसनमा पनि बस्न आफू तयार रहेको बताए ।

कार्यक्रमा बोल्दै ओमप्रकाश अर्यालले सुशीला कार्कीलाई कसैले कमजोर नठान्न चेतावनी दिए । ‘उनले के त्यस्तो अपराध गरेकी थिइन् ?,’ अर्याले प्रश्न गरे, ‘लोकमानलाई हटाउनेलाई फ्याँक्ने ? लोकतन्त्रको खोल ओडेर न्यापालिकामाथि हस्तक्षेप गर्ने ?’ उनले कार्कीमाथि महाभियोग लगाउने देशद्रोही भएको अरोप लगाए । उनले इमान्दार नेताहरुलाई पार्टीभित्रबाट विद्रोह गर्न आह्वान गरे ।

प्रकासित मिति

Loading...

 

yummyfood