1478958692 banner ad format

 
 

आफ्नो यौनकाण्ड खुल्ने डरले भाइको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् ।

suside lahan

प्रहरी उनलाई पक्राउ गरेर आज आइतबार बिहान १२ बजे सार्वजनिक गरेको थियो । त्यसको केही घण्टामै उनले आत्महत्या गरेको सिरहाका डिएसपी गज्जुसिद्धी मानन्धरले बताए।

ठूलोबुवाको छोरा तथा भाइ भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र सञ्जयकुमार साह पक्राउ परेका थिए । पक्राउ परेका मध्ये प्रियंकालाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेसको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

लामो समयसम्म शौचालयबाट नआएपछि हेर्न जाँदा झुण्डिएको अवस्था फेला परेको प्रहरी जनाएको छ । प्रियंकाले भाइ हत्याको ग्लानीले गर्दा आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

३ गते हराएका उनको शव घर ननिकै वनमारा घारीमा कुहिएको अवस्थामा दुई दिनपछि भेटिएको थियो ।
प्रहरीको अनुसन्धानका क्रममा प्रहरीले भवेशका काकाकी छोरी प्रियंका र सञ्जयलाई पक्राउ परेको छ । प्रियंका १६ वर्ष र सञ्जय १४ वर्षका मात्र भए । तर, उनीहरुले आफ्नो यौन सम्बन्ध लुकाउन भवेशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार भैंसी चराउन गएको वेलामा प्रियंका र सञ्जयलाई भवेशले आपत्तिजनक अवस्थामा देखेका थिए । भवेशले यसबारे घरमा जानकारी दिने भनेपछि दुबैले मिलेर हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार भवेश र सञ्जय मिल्ने साथी हुन् र एउटै विद्यालयमा कक्षा ४ मा पढ्थे । हत्याको योजना बनाएपछि उनीहरुले ‘पटका र एउटा मोबाइल भेटेका छौं’ भन्दै प्रियंका र सञ्जयले भवेशलाई घर नजिकैको जंगलमा लगेर हत्या गरेको प्रहरीको भनाई छ ।

सञ्जयले प्रहरीलाई बयान दिएको बयान अनुसार उनीहरुले पटका खाल्डो खनेर लुकाएका छौं भन्दै खन्न लगाए र त्यही बेला गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

प्रकासित मिति

Loading...

 

yummyfood