annapurna add

काठमाडौं : राष्ट्रिपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहाकार सुशील प्याकरेलले राजिनामा दिएपछि शितल निवासमा खैलाबैला मच्चिएको छ । आज राष्ट्रपति भण्डारीलाई सम्बोधन गर्दै प्याकुेरेलले राजिनामा पत्र बुझाएका थिए ।

susil pyakurel KANTIPATHद्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित पात्र अग्‍नी सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै उनले पदबाट राजीनामा दिएका हुन्। मानवअधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो। 

सरकारले द्वन्द्वकालीन मुद्दा तथा हत्या अभियाेग लागेका विवादित पात्र अग्नी सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति असहमति जनाउँदै उनले पदबाट राजीनामा दिएको बताइएको छ । उनी मानव अधिकारकर्मी समेत हुन् । उनी २०७४ सालको चैतमा राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए ।

यता कर्तब्य ज्यान मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै उक्त प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशका माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले कर्तब्य ज्यान मुद्दाका अभियुक्त रहेका सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि मागदाबी गरेका छन् । प्रतिनिधिसभाको सभामुख चयनका लागि शुरु भइसकेको निर्वाचन प्रक्रियाअन्तर्गत (नेकपा) नेता सापकोटाको एकल उम्मेदवार परेको छ ।

यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्छ ।’

SUNALNEWS

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर