1478958692 banner ad format

 
 

काठमाडौँ - केही दिनयता राजधानीसहित देशका विभिन्न स्थानमा न्यूनतम तापक्रम एक्कासि गिरावट आएसँगै चिसो बढेको छ। गत सातासम्म काठमाडौंमा न्यूनतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियस रेकर्ड भएकामा यो साताको बुधबार (८ कात्तिक) देखि तापक्रममा एक्कासि गिरावट आउन थालेको हो।

Temperature

काठमाडौंको न्यूनतम तापक्रम बुधबार एक्कासि ९.८ डिग्रीमा झरेको थियो। शुक्रबार र शनिबार पनि तापक्रम अघिल्लो साताभन्दा ३ देखि ४ डिग्रीले कम छ। अधिकतम तापक्रममा पनि ४ देखि ५ डिग्री सेल्सियसले गिरावट आएको छ।

मनसुनपछिको पहिलो पश्चिमी न्यूनचापीय क्षेत्रको असरका कारण देशैभर बदली भएपछि तापक्रममा गिरावट आएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बदली र तापक्रममा आएको गिरावटसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताए।

‘हिमाली जिल्लाहरूमा यो वर्षको हिउँदको पहिलो हिमपात एक दुई दिनमै सुरु हुने देखिन्छ,’ रिमालले भने, ‘तापक्रम तलमाथि भइरहेको छ, अलि छिटो तापक्रम घटेको देखिन्छ, यसको असर हिमाली क्षेत्रमा बढी पर्छ ।’

हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढेकाले चुनाव प्रभावित हुन सक्ने मौसमविद्हरुले बताएका छन्। आइतबारदेखि नै हिमपात हुन सक्ने भएकाले चिसो बढेर हिमाली क्षेत्रका बासिन्दा चुनावअघि नै तल्लो क्षेत्रमा सर्ने त्रास छ । उनीहरूलाई पहिलो चरणको निर्वाचन मंसिर १० सम्म उच्च हिमाली भागमै रहन सकस हुने अनुमान गरिएको छ ।  यो खबर ‍अब्दुल्लाह मियाँले आजको कान्तिपुर दैनिकमा लेखेका छन्।

मंसिर पहिलो सातासम्म उच्च हिमाली भागमा पनि हिमपात नहुने आकलन गर्दै सरकारले हिमाली जिल्लाहरूमा १० मंसिरमा संघ र प्रदेशसभा निर्वाचनको मिति तय गरेको छ । विगत वर्षका मौसमी अवस्था विश्लेषण गर्दै सरकारले चुनावको मिति तय गरेको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood