annapurna add

नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी प्रधानमन्त्रीका लागि निकै महंगो पर्ने चेतनावनी दिएका छन् ।

gagan poudal

जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले  नेता पौडेललाई पक्राउ गरेको हाे । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ ।

 नेता पौडेलको गिरफ्तारी र  प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया नभएको थापाको भनाइ छ ।

 थापाले लेखेका छन् : वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन । यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। केपी शर्मा ओली यो तपाईका लागि निकै महँगो पर्नेछ।’

thapa gaganतनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न पौडेल गएका हुन् ।

‘पौडेलले निषेधाज्ञा तोड्नुभयो’ तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने, ‘निषेधाज्ञा तोड्दा उहाँलाई खतरा देखिएको हुनाले नियन्त्रणमा लिएका हौं ।’

कोभिड–१९ जोखिमले गर्दा कार्यक्रम नगर्न नेपाली कांग्रेसलाई पटक–पटक आग्रह गरेको तर नमानेपछि झडपको स्थिति आउन नदिन निषेधाज्ञा जारी गरिएको प्रजिअ आचार्यले बताए । 

पुल उद्घाटन गर्न रामचन्द्र पौडेल जाने भएपछि सो विषयलाई लिएर राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्ने तयारी गरेको थियो । सम्भावित झडप रोक्न भन्दै बुधवार १२ बजेदेखि ६ बजेसम्म व्यास नगरपालिकाको वडा नम्बर–१ र १० स्थित चारकिल्ला क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

संक्रामक रोग ऐन ०२० र स्थानिय प्रशासन ऐन०२८ अनुसार प्रमुख जिल्ला अधिकारीले परिस्थिति विश्लेषण गरेर निषेधाज्ञा जारी गर्न सक्ने कानुनी व्यवस्था छ ।

hnnयस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर सरकारलाई चेतावनी छ ।

Chairman Deuba

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले उनले विज्ञप्तिमा भनेका छन्, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

सभापति देउवाले पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’ पौडेलप्रतिको दुव्यर्वहार सर्वसत्तावादको संकेत भएको देउवाको दाबी छ ।

128335725 3583900455031436 2411947752523560588 n

यस्तै  नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संठनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएकोमा प्रदर्शन गर्न भएको छ ।

तनहुँले जारी गरेको निषेधाज्ञा कांग्रेस वरिष्ठ नेता पौडेलले तोडेपछि, अनि प्रहरीले पक्राउ गर्याे

प्रहरीले किन समात्यो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई ?

pdनेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनमा बुधबार (आज) साढे पाच बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको नेविसंघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिए ।

नालायक, निकम्मा र भ्रष्ट सरकारको ज्यादतिका विरुद्ध प्रदर्शन गर्न लागि भएको उनको भनाइ छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...