annapurna add

काठमाडौँ  । आज एकाएक अनलाइन संचार माध्यमहरुमा समाचारहरु आए "भोलि र पर्सि काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय"।

याे पनि..........

यसरी भयो प्रधानमन्त्रीको कार्यालयबाट सूचना लिक

भोलि र पर्सि काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय

भोलि र पर्सि काठमाडौंबाट बाहिर पठाउने निर्णय रद्द

'याे अवस्थामा गाडी चलाउन सक्दैनौं' : यातायात व्यवसायी

The Facebook page of the Prime Ministers Office disappears

सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भन्दै समाचार आएपछि  मिडियाले यसलाई आ-आफ्नो ब्रेकिङ समाचार बनाए ।

pm

तर लगत्तै फेरी मिडियालाईनै गलत बनाउँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड- १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिले उक्त निर्णय नगरेको भन्दै बिज्ञप्ति जारी गर्यो ।

लकडाउन जारी छ, कोही भ्रममा नपर्नू : ईश्‍वर पोखरेल

यस्ताे छ बिज्ञप्ति

ishor

लगत्तै फेरी .........

यस्ताे भन्छ गृह मन्त्रालय 

gm

सरकारले विज्ञप्ति जारी गरेपछि बिभिन्न मिडिया र सामाजिक संजालमा प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा राखिएको उक्त निर्णयको भाइरल भयो ।

केहि बेरमै उक्त फेसबुक पेज https://www.facebook.com/OPMCMNP नै गायब छ ।

fb page

प्रधानमन्त्री कार्यालयको भनिएको उक्त फेसबुक पेज एकाएक गायबपछि त्यसले झनै शंका थपिदिएको छ । प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज भनिएको उक्त फेसबुक 'भेरिफाइड' ब्याज पाएको फेसबुक पेज हो । जसलाई फेसबुकले आधिकारिकता समेत दिएको देखिन्छ । त्यसै पेजमा अपडेट भएको 'भोली र पर्सी उपत्यकाबाट बाहिर जान पाउने' भन्ने सूचनाको आधारलाई स्रोत बनाएर पनि कयौंले सामाजिक संजालमा पोष्ट गरेका थिए ।

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ

kishor

प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारी

presskhla

प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुकबाट लिक भएको उक्त निर्णय तथा अन्य स्रोतलाई समेत आधार बनाई संचार माध्यमहरुले समेत समाचार लेखेपनि सरकार आफैले विज्ञप्ति जारी गर्दै निर्णयनै नभएको भन्दै विज्ञप्ति जारी गरेको छ । जसले आमसंचार माध्यमलाईनै गलत बनाउने काम गरेको भन्दै संचार माध्यममा कार्यरत संचारकर्मीहरुले आक्रोश पोखेका छन् ।

यतिबेला सामाजिक संजालमा नेपाली संचारमाध्यममाथि टिका-टिप्पणी भईरहेका छन् । कतिपयले संचारमाध्यमको बिश्वासमाथि नै आशंका व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमै उल्लेख थियो - '

लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिन खोज्नु भएका वासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्चस्तरीय समितिको बैठकले भोली र पर्सी काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।'

pm

केहि समय पछि सोहि स्टाटस इडिट भयाे....

'अपडेट' - 'स्थानिय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।'

pmnepal9

तर अहिले उक्त स्टाटस वा उक्त कुरा पोष्ट गर्ने फेसबुक पेजनै गायव छ ।

fb page

 

'फेसबुक पेज आधिकारिक होइन' - प्रवक्ता 

यसबारे कान्तिपथ डटकमका पत्रकार गणेश विकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयका सहसचिव एवं प्रवक्ता राजेन्द्र प्रसाद पौडेलसंग टेलिफोन मार्फत सोधपुछ गर्दा उक्त फेसबुक पेज कार्यलयको आधिकारिक नभएको बताए ।

यस्तो छ टेलिफोन वार्ता
पत्रकार : पेज कसरी हट्यो ?

प्रवक्ता : खै कसको पेज हो थाहा नै भएन एकासी हट्यो खोजी भइरहेको छ, हामी ऑफिसियल चलाउदैउ ।
पत्रकार : अफिसको आधिकारी फेसबुक पेज होइन् र ?
प्रवक्ता : खै प्रवक्तालाई थाहा छैन, म पनि नयाँ प्रवक्ता भए, अरु कसले चलाउन्छ थाहा छैन् ।
पत्रकार : यसबारे के अनुसन्धान भइ रहेको छ ?
प्रवक्ता : आइटीको टिमलाई खबर गरेको छु..अनुसन्धान भन्दा पनि बढी सरकारको फेक समाचार फेक पोष्ट बढी आउन थाल्याे यसबारे नै के रहेछ भोलि बुझौंला ।"

प्रकासित मिति

Loading...
Loading...

 

Loading...