tilak rai dharan mayor

धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । बहुदल पछि कम्युनिष्टले शासन गर्दै आएको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका तिलक राईले किल्ला ढालेका हुन् । सत्तारुढ दल नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराएका हुन् । तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन् । औपचारिक मत परिणाम घोषणा हुन बाँकी छ।

कसरी भत्कियो भक्तपुरमा नेकपाको गढ ?

तिलकको जितसँगै नेपाली कांग्रेसले बहुदल आएको २९ वर्षमा पहिलो पटक धरान उपमहानगरको नेतृत्व पाएको छ । २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो । दुई वर्षअघि भएको चुनावमा धरानमा तत्कालीन नेकपा एमालेका नेता तारा सुब्बा चार हजार मतान्तरले विजयी भएका थिए। त्यतिबेला पनि कांग्रेसबाट तिलक राई नै उम्मेदवार बनेका थिए ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर