1478958692 banner ad format

 
 

काँकडभिट्टा । झापामा साना ठूला दल गरी चार जना महिलाले प्रमुख पदको उम्मेदवारी पाएका छन् । 

Top official candidates women Jhapa District

सोअनुसार नेकपा (एमाले)ले कमल नगरपालिकामा मेनुका काफ्ले र नेपाली काँग्रेसले गौरीगन्ज गाउँपालिकामा फूलमति राजवंशीलाई अध्यक्षमा उम्मेदवार बनाएका छन् । 



पन्ध्र स्थानीय तह रहेको झापामा काँग्रेसले आठ तह र एमालले नौ तहमा उम्मेदवार चयन गरिसकेका छन् । बाँकी रहेका तहमा महिलालाई उपप्रमुख पदमा सीमित बनाइएको छ । 

नेकपा(माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने जिल्लाभर उपप्रमुखमा मात्र महिलाको उम्मेदवारी तय गरेको छ । त्यसैगरी नयाँ शक्ति पार्टी झापाले मेचीनगर र अर्जुनधारा नगरपालिकामा क्रमशः पनिता ढकाल र देवकला प्रसाईंलाई प्रमुखको उम्मेदवारमा चयन गरेको छ । 

एकतिस दल दर्ता रहेको झापामा तीन पार्टीबाट चार जना मात्र उम्मेदवार हुनु सन्तोषजनक नरहेको अखिल नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष जसमाया गजमेरले बताउनुभयो । नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष सुशीला ढकालले संविधानले दिएको अधिकारसमेत नदिई निर्णायक तहमा महिलालाई अवसर नदिँदा मुख्य पदबाट विमुख हुनुपरेको बताइन ।

प्रकासित मिति

Loading...

 

yummyfood