annapurna add

anuchit dabab

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ । एक समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।

कुन समूह आधिकारिक भन्ने टुंगो लागिसकेको छैन । निर्वाचन आयोगले मझधारमा बसेर नेकपा विवादबारा प्रशासनिक निर्णय गरेको छ । नेकपाभित्र देखिएको विभाजनलाई लिएर निर्वाचन आयोगले फरक तरिकाले ब्याख्या गरेर पत्र पठाएपछि दुवैतर्फ तरंग छाएको छ । आयोगले विभाजनलाई अस्वीकार गर्दै २०७५ जेठको दुई अध्यक्ष र ४४१ सदस्यी केन्द्रीय कमिटी रहेको नेकपालाई नै यथावत राखेपछि दुवै समूह अन्योलमा छन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड साथै माधवकुमार नेपाल दुवै समूहले गरेको मागदावीलाई आयोगले अवैध भनेपछि समस्या उत्पन्न भएको हो ।

संसद विघटनपछि प्रचण्ड–नेपाल समूह देशव्यापी आन्दोलनमा छ । ओलीको पक्षमा पनि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । ओली खेमाका इश्वर पोखरेल, महेश बस्नेत, टोपबहादुर रायमाझी, रामबहादुर थापा लगायतका नेता कार्यकर्ता देश दौडाहामा छन् ।

अब मुलुकको राजनीतिले कस्तो मोड लिन्छ भन्ने अन्योल छ, प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको सुनुवाई सर्वोच्चमा जारी छ । ओलीविरुद्ध प्रचण्ड–नेपाललगायत अन्य राजनीतिक दल, विभिन्न संघ–संस्थाले प्रदर्शन तीव्र पारेसँग प्रधानमन्त्री ओली आफूविरोधीसँग बदला लिने मुडमा देखिन्छन् । यसका लागि उनले प्रहरी संगठनको दुरुपयोग गरेका छन् । प्रधानमन्त्रीको पहिलो रोजाई प्रचण्ड र माधव नेपाल छन् । परराष्ट्रमंत्री प्रदिप ज्ञवालीले द्वन्द्वकालमा घटनामा माफी दिन नसकिने भन्दै सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

प्रधानमन्त्रीका सल्लाहकारले गृहमार्फत आईजीपीलाई निर्देशन दिन लगाएर ओलीविरोधी आन्दोलन र गतिविधि रोक्न लगाउँदै आएका छन् । केही दिनअघि बालुवाटार घेराउ गर्दा पनि प्रहरीले नागरिक अगुवाहरुमाथि बल प्रयोग गरेको थियो, निर्ग नबिन लगायत अभियन्ता अझै अस्पताल मै छन् । यसअघि, विभिन्न कार्यक्रममा सहभागी हुन जाँदा माधव नेपाललाई रोक्न प्रहरीलाई निर्देशन दिइएको थियो । पूर्वप्रधानमन्त्री नै भइसकेको व्यक्तिलाई कार्यक्रममै जान रोक्न खोज्दा परिस्थिति असहज बन्ने भन्दै कतिपय प्रहरी अधिकारीहरुले प्रहरी मुख्यालयको आदेशलाई अस्वीकार गरेका थिए ।

संसद विघटनपछि भने प्रहरीमै आन्दोलनकारीलाई हेर्ने दुई धार देखिन्छन् । एक समूह प्रधानमन्त्री र उनीनिकट व्यक्तिले भनेको मान्ने र अर्को समूह प्रहरीले विवेक प्रयोग गर्नुपर्ने बताउँदै आएको छ । उच्च अधिकारीहरु भन्छन्, “अहिलेको प्रदर्शन राजनीतिक हो । यसमा प्रहरीले माथिबाट जे आउँछ, त्यही मान्न मिल्दैन । आपराधिक आन्दोलन भए बल प्रयोग गर्न जायज हुन्थ्यो ।”

प्रहरीलाई प्रभावमा राखेर विरोधीलाई विभिन्न मुद्दा लगाउने, झुटा मुद्दा चलाइदिने, राजनीतिक आन्दोलनमा लाग्दा पनि सार्वजनिक अपराधमा मुद्दा चलाएर तर्साउने प्रहरीभित्रको पुरानै रोग हो । सत्तामा भएकाहरुको आदेश पालना गरे बढुवा र आकर्षक सरुवा पाउने लोभमा प्रहरी अधिकारीहरुले अधिकारको दुरुपयोग गर्दै आएको गुनासो बेलाबेला आउने गरेको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले सरुवा र बढुवामा आफूनिकटलाई प्राथमिकतामा राखेको पाइन्छ । यसले निर्वाचनमा आफ्नो समूहको स्वार्थपूर्तिमा सहजता हुने ओली समूहको अनुमान छ ।

आन्दोलन दबाउन प्रहरी संगठनलाई अनुचित दबाब दिएकै पृष्ठभूमिमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेत सहभागी रहेको बैठकले २८ गतेको प्रदर्शनलाई यसअघि भएका प्रदर्शनभन्दा बृहत बनाउने निर्णय गरेको हो। यसअघि प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध माघ ९ गते नेकपाले काठमाडौँ उपत्यकामा विशाल विरोध सभा गरेको थियो।

अध्ययक्षद्वयले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पस्ट पारेका थिए। ओली समूहले पनि माघ २३ गते सभा गर्ने भएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार