annapurna add

bhat sir bajura

बाजुराका तत्कालिन प्रहरी प्रमुख डिएसपी उद्धब सिंह भाट र नेविसंघका नेता कलकजंग सिंहको अडियो टेप स्वार्थ समूहले प्रायोजित रुपमा फेरी प्रचार गर्न थालेको छ । भाट परिणाममुखी काम गर्ने काबिल प्रहरी अधिकारी हुन् । जिल्ला प्रहरी प्रमुख हुँदा समेत उनि आफै फिल्डमा खटिएर शान्ति सुरक्षा कायम गर्न लागि पर्थे । कैलालीको धनगढी बस्ने तर बाजुरा स्थायी घर भएका नेविसंघ नेता सिंहलाई गाउँबाट प्रहरीले घरको ताला फोरेर मदिरा नष्ट गरेको गलत सूचना प्रवाह भएपछि उनले अलि रुखो शैलीमा डिएसपी उद्धब सिंह भाटलाईसंग फोनमा कुराकानी गरेका थिए ।

आफुले नगरेको आरोप लागेपछि भाटपनि आक्रोशित बनेका थिए । उक्त समय भाट प्रतिबन्धित विप्लव समूहका केहि व्यक्ति अछामबाट बुढीगंगा नगरपालिका हुँदै बाजुरा प्रवेश गर्न लागेको सूचना पाएर भाट बुढीगंगा नगरपालिका वडा नं ९ जुवापनी पुगेका थिए । स्थानीयकै आग्रहमा प्रहरीले निर्वाचित जनप्रतिनिधि वडा सदस्य प्रकाश बहादुर सिंहको रोहबरमा प्रहरीले मदिरा नष्ट गरेको थियो । उक्त स्थानीय तहले मदिरालाई प्रतिबन्ध लगाएको थियो । तर गलत सूचनाको फन्दामा आफु परेको थाहा पाएपछि सिंहले फेसबुक पोस्ट र स्वयम् डिएसपी उद्धब सिंह भाटलाई फोन गरेर माफी मागेका थिए, जसको प्रमाण कान्तिपथलाई प्राप्त भएको छ ।

90092199 1115432235490644 5115583349804498944 n

तर घटना सेलाएको वर्षदिनपछि केहि स्वार्थ केन्द्रित समूह अडियोको पूर्ण अंश नहाली इडिट गरेर अफवाह फैलाउन तल्लिन रहेका छन्। कुप्रचार गर्दै लगातार आफु विरुद्ध चरित्रहत्याको क्रम नरोकिएपछि भाट मुद्धा हाल्ने मनस्थितिमा समेत पुगेका थिए तर आफ्नै सिनियर अधिकारीले माफी मागेपछि हुन्देउ भनेपछि उनि पछि हटेका थिए । अहिले भाट र सिंहको बिचमा सौहार्दपुर्ण र हार्दिक सम्बन्ध छ । त्यहाँबाट सरुवा भएर भाट महानगरीय अपराध महाशाखा हुँदै इलाका प्रहरी कार्यालय बरहथवा पुगिसकेका छन् ।

महाशाखा र बरहथवामा भाटले गरेका उल्लेख्य कार्यबाट हतास भएका केहि व्यक्ति फेरी पनि फलेको रुखको हाँगामा ढुंगा प्रहार गर्न थालेको भाटलाई नजिकबाट चिन्ने एक प्रहरीले बताए । अडियो टेप फेरी बाहिरिएको सम्बन्धमा कान्तिपथले नेविसंघका नेता कलकजंग सिंहसंग बुझ्दा उनले आफुले उही बेला माफी मागेको र अहिले फेरी अडियो अपलोड हुनुमा आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारे । अडियो अपलोड गर्ने व्यक्तिले पहिलो पटक हटाउने आश्वासन उनलाई दिएका थिए तर अहिले फेरी उनको अनुमतिबिना अडियो अपलोड भएको छ । अदालतको आदेशबिना फोन रेकर्ड गर्नेलाई कारबाही हुने कानुनी प्रावधान छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार