annapurna add

Boris Johnsonबोरिस जोनसनको नेतृत्वमा कन्जर्भेटिभ पार्टीले यूकेको आमनिर्वाचनमा 'ऐतिहासिक' विजय प्राप्त गरेपछि उनले दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने बताएका छन्। एक सिटको नतिजा आउन बाँकी रहँदा जोनसनको पार्टीले आवश्यक बहुमतभन्दा ७७ सिट बढी जितिसकेको छ। लण्डनमा बोल्दै जोनसनले यस जितलाई अर्को महिना कुनै किन्तु र परन्तुविना ईयूबाट यूकेलाई अलग्याउने जनादेश बताएका छन्। आफ्नो आधारक्षेत्रमा पराजित भएपछि लेबर पार्टीका जेरेमी कोर्बिनले अर्को निर्वाचनमा आफूले नेतृत्व नगर्ने बताएका छन्।

विजय सम्बोधनमा जोनसनले कार्यकर्ताहरूलाई 'हामीले गर्यौँ' भन्दै यस नतिजाले देशको लागि नयाँ बिहानी सुरु भएको बताए।उनले लेबर मतदाताहरूले पहिलोपटक कन्जर्भेटिभ पार्टीलाई मत हालेकोमा धन्यवाद दिँदै आफूले 'नागरिकको सरकार'को नेतृत्व गर्ने र आफूलाई दिइएको 'पवित्र विश्वास'लाई न्याय गर्ने बताए। "तपाईँहरूले अर्को निर्वाचनमा लेबरलाई मत हाल्ने सोचिरहनु भएको होला। यदि यस्तो हो भने तपाईँले मलाई दिनभएको विश्वासलाई नमन गर्छु र तपाईँहरूको समर्थनलाई हल्कारूपमा लिन्न। "म दिनरात मेहनतले काम गरेर तपाईँको मलाई मत हाल्ने निर्णयलाई सही प्रमाणित गर्छु र अर्को पटकलाई समर्थन पाउने प्रयास गर्छु," उनले भने। "मानिसहरूले परिवर्तन चाहेका छन्... हामीले उनीहरूलाई निराश बनाउन हुन्न।" जोनसनले भने: "हामीले ज्यानुअरी ३१ सम्ममा ब्रेक्जिट सक्नेछौँ।"

results horizontal

एक निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहँदा कन्जर्भेटिभले ३६४ स्थानमा र लेबरले २०३ स्थानमा जितेका छन्। यसको अर्थ सन् १९८७ को आमनिर्वाचन यता संसद्‍मा कन्जर्भेटिभको सबैभन्दा ठूलो उपस्थिति हुनेछ। लेबरले भने सन् १९३५ यताकै सबैभन्दा खराव नतिजा प्राप्त गर्ने देखिएको छ। लिबरल डेमोक्र्याटका नेता जो स्वीनसनले निर्वाचनमा पराजित भएपछि नेतृत्व छोड्ने बताएकी छन्।

स्कटिश न्याश्नल पार्टीका नेतृ तथा स्कटल्यान्डका प्रथम मन्त्री निकोला स्टर्जन आफ्नो पार्टीको लागि यो अद्वितीय रात भएको बताइन्। उनले निर्वाचनमार्फत् स्कटल्यान्डले आफूलाई बोरिस जोनसनको सरकार नचाहिएको र प्रधानमन्त्रीलाई स्कटल्यान्डलाई ईयूबाट निकाल्ने जनादेश नभएको स्पष्ट सन्देश दिएको बताइन्। उनले यो परिणामले स्कटल्यान्डले आफ्नो भविष्यको बारेमा निर्णय गर्ने अधिकार भएको र स्वतन्त्रताको लागि अर्को जनमत सङ्ग्रह गर्नुपर्ने बताइन्।

याे पनि पढ्नुहाेस् - आज आमनिर्वाचन : प्रभावशाली ३ नेता, चौथो हुन सक्छन् ‘किङ मेकर’

uk election

बेलायतमा आज आम निर्वाचन हुँदैछ । ब्रेक्जिट संकटले निम्त्याएको अनिश्चितताका कारण त्यहाँ पाँच वर्षको अवधिमा तेस्रो पटक संसदीय चुनाव हुन लागेको हो । बेलायतमा सन् २०१६ मा युरोपेली संघबाट छुट्टिने नछुट्टिने विषयमा जनमत संग्रह भएको थियो । चुनावमा ५२ प्रतिशत मतदाताले संघबाट बाहिरिने पक्षमा मत हाले । त्यसयता देश त्यस प्रक्रियालाई टुङ्गोमा पु¥याउने प्रक्रियामा छ । तर त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा उत्पन्न ठूलो मतभेदले विवाद सिर्जना गरेको छ । यही विवादको कारणले डेभिड क्यामरुन र थेरेसा मेले प्रधानमन्त्री पद छाड्नु प¥यो । वर्तमान प्रधानमन्त्री जोनसनले प्रस्ताव गरेका प्रस्ताव पनि संसदले पटक पटक अस्वीकार गरेपछि उनी निर्वाचनमा गएका हुन् ।  सामान्य अवस्थामा चुनाव सन् २०२२ मा हुनुपथ्र्यो । तर ब्रेक्जिट विवादले वर्तमान सरकारको समायावधि छोट्टिन पुग्यो । विश्लेषकहरुको भनाईमा वर्तमान निर्वाचन दोस्रो विश्वयुद्ध यताकै महत्वपूर्ण चुनाव हो । अहिलेको निर्वाचनबाट ब्रेक्जिटपछिको बेलायतको युरोपेली संघसँग कस्तो सम्बन्ध हुन्छ भन्ने कुरा निर्धारण हुनेछ ।

मुख चुनावी मुद्दाः ब्रेक्जिट, आतकंवाद र जलवायु परिवर्तन

सत्तारुढ कन्जरभेटिभ पार्टीको स्पष्ट सन्देश छ ,‘ब्रेक्जिट पुरा गर्ने ।’ हाल प्रतिपक्षमा रहेको लेबर पार्टी यसमा छलफल हुनुपर्ने र पुनः जनमतसंग्रहको माग गर्न चाहन्छ । अर्को दल लिबरल डेमोक्रेट पार्टी ब्रेक्जिटलाई रद्दै गर्ने पक्षमा छ । चुनावी अभियान चलिरहेको समयमा लण्डन ब्रिजमा आतकंवादी आक्रमण भयो । यसले आतकंवाद चुनावको महत्वपूर्ण मुद्दा बनाउन सघायो । अघिल्लो पटक सरकारमा रहँदा लेबर पार्टीले आधा जेल समय गुजारेका अपराधीहरुलाई जेलमुक्त गर्ने कानुन बनाएको थियो । कन्जरभेटिभले यस प्रचलनलाई अन्त्य गर्ने बताएको छ । यसैगरी स्वास्थ क्षेत्रमा लगानी पनि एक महत्वपूर्ण मुद्दा हो । अहिले विश्वव्यापी मुद्दा बनेको कार्बन उत्सर्जनको विषय उत्तिक्कै जोडतोडका साथ उठिरहेको छ ।

प्रभावशाली तीन नेता, चौथो हुन सक्छन् ‘किङ मेकर’
निर्वाचनमा बेलायतका तीन प्रमुख दलका नेता प्रधानमन्त्रीको दौडमा छन् । एक क्षेत्रीय दलले सरकार गठनको दावी नगरेको भए पनि निर्वाचनपछि सरकार गठनमा उसको महत्वपूर्ण भूमिका हुने अनुमान गरिएको छ । यो निर्वाचनका चार प्रभावशाली नेता यस्ता छन्ः

बोरिस जोनसन (नेता, कन्जरभेटिभ)- सत्तारुढ दलका नेता जोनसनले चुनावको लागि मुख्यतः ब्रेक्जिटलाई टुङ्गो पु¥याउने, आय कर, बीमा र भ्याट नबढाउने र पोइन्टमा आधारित आप्रवासन लागु गर्ने वाचा गरेका छन् ।
जेरेमी कोर्बिन (नेता, लेबर पार्टी )- वामपन्थी दल लेबरका नेता कोर्बिनले ब्रेक्जिटलाई लिएर छलफल चलाउने, उद्योगलाई पुनः राष्ट्रियकरण गर्ने र कर्पोरेट करमा वृद्धि गर्ने र अतिधनीहरुमाथि ५ प्रतिशत थप कर वृद्धि गर्ने जस्ता चुनावी प्रतिवद्धता जनाएका छन् ।

जो स्विन्सर (नेता, डेमोक्रेटिक लिबरल)- ब्रेक्जिटले ब्रिटेनलाई बेफाइदा पु¥याएको भन्दै स्विन्सर ब्रेक्जिट प्रक्रियालाई नै रद्द गर्ने, करमा हल्का वृद्धि गर्ने र जलवायु परिवर्तनसँग जुध्नको लागि अलग कोष निर्माण गर्ने माग सहित उत्रिएका छन् ।

निकोला स्टर्जन (नेता, स्कटिश नेशलिस्ट)- स्टर्जन प्रधानमन्त्रीको दौडमा छैनन् तर अल्पमतको सरकार निर्माण हुने अवस्थामा उनको महत्वपूर्ण भूमिका हुने अनुमान गरिएको छ ।

बेलायती निर्वाचन सम्बन्धी तथ्यांक

बेलायतको आम निर्वाचन संसदको ६५० सिटको लागि हुने गर्छ । बहुमत हासिल गर्ने दलले ३२६ सिटमा जित हासिल गर्नुपर्छ । निर्वाचनका लागि कुल जनसंख्याको ६८ प्रतिशत अर्थात ४ करोड ५७ लाख मतदाता दर्ता भएका छन् । निर्वाचनमा संयुक्त अधिराज्यको हिस्सा रहेका स्कटल्याण्ड, आयरल्याण्ड पनि सहभागी हुनेछन् । मत परिणाम शुक्रबार भित्र आइसक्नेछ ।

निर्वाचनपछि ब्रेक्जिटलाई लिएर तीन विकल्प

यदि कन्जरभेटिभले बहुमत हासिल गरेमा बेलायत युरोपेली संघबाट अलग हुनेछ । यसैको लागि जोनसनले समय अघि नै चुनावको घोषणा गराइएका थिए । यदि अर्को पार्टीले चुनाव जित्यो भने फरक व्यक्ति प्रधानमन्त्री हुन सक्छन् र तिनले ब्रिटेनका मतदाता सामु बेक्जिट मुद्दामा दोस्रो जनमतसंग्रहको प्रस्ताव राख्न सक्छन् । कुनै सम्झौता नभए पनि ब्रिटेन युरोपेली संघबाट बाहिरिने विकल्प पनि छ तर यसबाट ब्रिटेनको अर्थव्यवस्थामा नकारात्मक असर हुनेछ । BBC

प्रकासित मिति

Loading...

 

ताजा खबर