1478958692 banner ad format

 
 

दार्चुला। दलबलसहित मनोनयन दर्ता गर्ने क्रममा मार्मा गाउँपालिकाको लटिनाथमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । 

UML and the Maoists clash center DARCHULA

मनोनयन दर्ता गर्दा दोहोरो झडपसहित ढुङ्गा हानाहान भएको स्थानीयले जनाएका छन् । 

माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेर फर्कने र एमाले मनोनयन दर्ता गर्न जाने क्रममा लटिनाथ बजारमा झडप हुन पुगेको बुझिएको छ । दुवै पक्षबीच एकापसमा ढुङ्गा हानाहान हुँदा दुवै दलका पाँच÷सात जना घाइते भएका छन् । लटिनाथमा दुवै पक्षबीच झडप भएको र झडपमा भएको क्षतिका बारेमा यकिन थाहा नभएको प्रहरीले जनाएको छ । 

झडपलाई नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड अश्रुग्याससमेत प्रहार गरेको स्थानीय दिनेश सिंहले जानकारी दिए  । 


उनका अनुसार लटिनाथ बजारमा झडप हुँदा होटलमा समेत क्षति पुगेको छ । लटिनाथ क्षेत्र तनावपूर्ण रहेकाले झडप हुन नदिन प्रहरीले सुरक्षा बढाएको उनको भनाइ छ । 

प्रकासित मिति

Loading...

 

yummyfood