1478958692 banner ad format

 
 

दोलखा – दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षको छोराले खुशी हुँदै बजारबाट मासु लिएर आयो ।

Urmila Tamang dolakha

कराईमा तेल तात्दै थियो, म प्याज काट्दै थिँए । श्रीमानले एक्कासि तातो तेल अनुहारमा खनाईदियो ।

दोलखा स्थित वैत्यश्वर गाउँपालिका ६ नाम्दुकी उर्मिला तामाङले काठमाडौंस्थित टिचिङ अस्पतालको प्लाष्टिक सर्जरी ३७ नम्बर शय्याबाट फोनमार्फत भनिन् ।

तेल अनुहारभरी परेपछि आँखा नै नदेख्नेगरी जलन भएर भाग्दा पनि श्रीमान कुमार तामाङले तँलाई आगो लगाउँँछु भन्दै लखेटेपछि हारगुहार गरे, ३४ बर्षिया उर्मिलाले रुदै भिनिन् ।

घट्ना हुनेवित्तिकै प्रहरी पुग्दा आरोपी ३९ बर्षीय कुमार फरार भएको दोलखा प्रहरीका सुचना  अधिकारी प्रेमसागर केसीले बताए, यो खबर आजको कान्तिपुरमा छ ।

प्रकासित मिति

Loading...

 

yummyfood