annapurna add

काठमाडौं । जुवाको खालबाट रङ्गेहात पक्राउ गरेका ९ जना ठूला व्यापारी हाजिरी जमानतमा छुटेका छन ।

Vip Juwadeसोमबार राति कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको थियो ।

मंगलबार दिभर महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा बसेको जुवाडेहरुलाई जिल्ला प्रशासन कार्यलय काठमाडौं ५ दिन हिरासतमा राख्न अनुमति दिएका थियो ।

तर प्रहरीले उनीहरुलाई हरेक दिन हाजिर हुन आउने गरि छोडिदिएको छ । जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक निक्की जोगाईलाई पक्राउ गरेका छ ।

क्राउ परेका सबै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुलुकी अपराधसंहिताको जुवासम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कोरोनाको संक्रमण हुन सक्ने कारण देखाएर उनीहरुलाई राति आफ्नो घरमा सुत्न पठाउने र दिउँसो प्रहरी कार्यालयमा हाजिर हुन आउने भनिए पनि राजनीतिक तहबाट चर्को दबाबका कारण थुनामा नराखिएको स्रोत जनायो ।

पक्राउ परेका व्यापारीहरू विभिन्न बैंक, बीमा कम्पनीलगायत उद्योग व्यवसायमा संलग्न रहेको हुँदा उनीहरुको राजनीतिक पहुँच मन्त्री, प्रधानमन्त्रीसम्म रहेकाले राजनीतिक दबाबका आधारमा प्रहरीले थुनामा राख्न नसकेको स्रोतको दाबी छ ।

विवादित जुवाडे छुटाऊन आएका आफन्तलाई समेत मेट्रो प्रमुख डिआईजी विश्वराज पोखरेलले सरकारले जारी गरेको लकडाउन उल्लङ्घन नगर्न र काठमाडौँ परिसर प्रमुख एसपी श्याम ज्ञवालीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । भनसुनका भरमा कोहि पनि कानुनी दयाराबटा उम्कन नपाउने उनले सार्वजनिक रुपमा बताउदै आएका छन् । पोखरेल मेट्रो प्रमुक भएर आएपछि शत्ति र सत्ताको आडमा राज्यको दोहन र अनियमितता गर्दै आएका उच्च घरानाका ब्यापारीहरु अनुसन्धानको घेरामा आएका तथ्यांकहरुले बताउछन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...