1478958692 banner ad format

 
 

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार-फु गाउँपालिका ३ कि फुर्वा लामा आईतबार बिहान करिब ४ घन्टा उकालौ हिँडेर मतदान गर्न पुगिन् । 

बिहान ६ बजे नै मुटु काँप्ने चिसोमा उकालौ लागेकी उनी १० बजे मतदानस्थलमा पुगिन् । 

लामा घरबाट हिँड्दा त्यहाँको न्युनतम तापक्रम माईनस ९ डिग्रिजति थियो । 

मनाङका नार र फु लाई छुट्याउने विन्दु मेतामा होटल थापेकी लामा भोट हाल्नकै लागि उत्साही हुँदै नागरको साम्दोछिरिङ गुम्बाको मतदान केन्द्र पुगेकी थिईन् । 

उनजस्तो मेताका धेरै मतदाता मतदानका लागि माथि नार पुगेका थिए । 

कोहि त मतदानमा भाग लिन शनिबार नै बास बस्नेगरी माथि नार पुगिसकेका थिए । 

तर, काले व्यस्त हुँदा लामाजस्ता अरु मतदाता विहानी चिसोलाई बेवस्ता गर्दै मत हाल्न पुगेका थिए ।, यो खबर आजको नागरिक दैनिकले लेखेको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood