annapurna add

koronaa

कोरोना भाइरस संक्रमण पुष्टि भएका धादिङका युवा आएको विमानमा १७० जना यात्रु रहेको खुलेको छ । धादिङका ३२ वर्षे युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई टेकू अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनी चैत ६ गते दुबईबाट शारजहाँ हुँदै काठमाडौँ आएको आएका थिए । उनी आएको विमानमा १७० जना यात्रु रहेको खुलेको र उनीहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्ने तयारी भएको छ ।

संक्रमित याुवा शारजहाँबाट एयर अरेबियाको जहाज चढेर काठमाडौँ आएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार ती युवक एयर अरेबियाको फ्लाइट नम्बर जी ९ ५३७ नम्बरबाट युएईको शारजहाँ विमानस्थलबाट चैत ६ गते बेलुका काठमाडौँ आएका हुन् ।

जहाज बेलुका १० बजेर ९ मिनेट जाँदा त्रिभूवन विमानस्थलमा अवतरण भएको थियो। उनी चैत ६ गते राति राजधानीको एक होटलमा बसेका थिए भने १० गते अस्वस्थ महसुस भएपछि परीक्षणका लागि टेकू अस्पताल पुगेका थिए। मंगलबार राति उनलाई संक्रमण भएको टेकु अस्पतालले पुष्टि गरेको थियो।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...