annapurna add

Quarantine 12 Lzd6lagkis

सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि झन्डै १० अर्ब रुपैयाँ खर्च गरिसकेको बताएको छ । १० अर्ब रुपैयाँ धेरै रकम भएको तर सरकारले देखिने गरी त्यो रकम खर्च नगरेको भन्दै त्यो रकमको हिसाबकिताब खोजिरहेका छन् । दुई दिनअघि मात्रै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई कोरोना नियन्त्रणका लागि बजेट नै नदिएको आरोपसमेत लगाएका थिए ।

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव एवम् प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीका अनुसार कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि विभिन्न तहले गरी कुल ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरिसकेका छन् । 

समितिका सदस्यसचिव विडारीका अनुसार कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले ६ अर्ब ३ करोड रुपैयाँ खर्च गरिसकेको छ । संघीय सरकारले खर्च गरेको ६ अर्ब ३ करोड रकममध्ये अधिकांश रकम औषधी तथा औषधीजन्य उपकरणमा खर्च गरिएको हो । कुन कुन शीर्षकमा खर्च भयो त भन्ने रातोपाटीको प्रश्नमा विडारीले भने, ‘संघीय सरकारले खर्च गरेकोमध्ये अधिकांश रकम औषधी तथा औषधीजन्य उपकरणमा खर्च भएको छ । त्यो भनेको पीसीआर मेसिन, किट, आरडिटी किट, पिपिई, प्रोटेक्टिभ चस्मा, पञ्जा, बुट आदि सबै खर्च हो । त्योबाहेक भारतबाट खरिद गरी ल्याइएको औषधी आदि पनि त्यसैमा समावेश भएको छ ।’

संघीय सरकारले चीनको उहानबाट उद्धार गरी ल्याइएका १ सय ७५ जना विद्यार्थीहरुको खर्च पनि यहीँ समावेश गरिएको सचिव बिडारीले बताए । उनले भने, ‘यो खर्चमा चीनको ऊहानबाट ल्याइएका १ सय ७५ जना विद्यार्थीको खर्च पनि समावेश गरिएको छ । उनीहरुलाई यहाँ ल्याउँदा लागेको हवाई भाडा, क्वारेन्टिनमा राख्दाको खाना तथा बस्दोवस्तीको खर्च र अन्य खर्च पनि समावेश भएको छ ।’

कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि संघीय सरकारले गरेको खर्चमा पूर्वाधार निर्माण तथा औषधी र औषधीजन्य उपकरणको ढुवानी गर्न सेनाले गरेको उडानको खर्चसमेत जोडिएको छ ।

संघीय सरकारको बजेट औषधी र औषधीजन्य उपकरणमा खर्च भएपनि प्रदेश सरकार र स्थानीय तहले गरेका अधिकांश खर्च राहत वितरण र क्वारेन्टिन निर्माणमै सकिएका छन् । प्रदेश सरकारले गरेको १ अर्ब ८ अर्ब र स्थानीय तहले गरेका २ अर्ब ७६ करोड खर्चमध्ये केही केही स्थानमा केही सामान्य पूर्वाधार निर्माणमा खर्च भएको भएपनि अधिकांश खर्च भनेको राहत वितरण र क्वारेन्टिन निर्माणमै खर्च भएका छन् ।

संघीय सरकारले विभिन्न प्रदेशहरुलाई २ अर्ब रुपैयाँ संघीय बजेटबाट प्रदेशहरुलाई पठाएको थियो । जसमध्ये १ अर्ब ८ करोड रुपैयाँ प्रदेश सरकारहरुले खर्च गरेका छन् । २ अर्ब रकम पठाएको भएपनि प्रदेश सरकारले दिएको बजेटसमेत खर्च गर्न सकेका छैनन् ।

कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले पनि २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरिसकेका छन् । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय २९ स्थानीय तहले आफूले गरेको खर्चको विवरण कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई पठाएका छन् । संघीय सरकारले विभिन्न स्थानीय तहहरुका लागि ४ अर्ब रुपैयाँको संघीय बजेट पठाएकोमध्ये स्थानीय तहहरुले २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेका हुन् ।

सचिव विडारीले भने, ‘संघीय सरकारले खर्च गरेको ६ अर्ब ३ करोडमध्ये केही रकम पूर्वाधार निर्माण र औषधीजन्य उपकरणको ढुवानीमा समेत खर्च भएको छ । विभिन्न जिल्ला र प्रदेशमा स्वास्थ्य उपकरण पुराउन नेपाली सेनाको हेलिकोप्टरहरु प्रयोग गरिएको छ । त्यसको खर्च पनि यही खर्चमा समावेश गरिएको छ भने अन्य पूर्वाधार निर्माणमा भएको खर्च पनि यही खर्चभित्र रहेको छ । यी सबै खर्च जोड्दा संघीय सरकारले ६ अर्ब ३ करोड रुपैयाँ खर्च गरेको हो ।’

कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले पनि १ अर्ब ८ करोड रुपैयाँ खर्च गरिसकेको छ । प्रदेश सरकारको आन्तरिक बजेट बाहेक नै संघीय सरकारले २ अर्ब रकम कोरोना रोकथामका लागि निकासा गरेको सचिव विडारीले बताए ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...