annapurna add

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले पूर्वसचिव भीम उपाध्यायलाई ‘अपराधी’ भनी आरोप लगाएका छन् । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचारसँगै पूर्वसचिव उपाध्यायले कोइरालाविरुद्ध ट्विट लेखेपछि जवाफमा स्वास्थ्यसचिव कोइराला क्रुद्ध बनेका हुन् ।

yadav koiralaपूर्वसचिव भीम उपाध्यायले आफ्नो हृयाण्डलबाट एउटा ट्विट गरेका थिए ।  ट्विटबाट उनले स्वास्थ्य सामग्री खरिदमा संलग्नहरु पदमुक्त हुने दावी गरेका थिए ।

उनले ट्विटमा भनेका थिए, ‘भोलि आईतबारसम्म विष्णु रिमाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्यसचिव यादव कोईराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ पदबाट हटे भने भने अचम्म नमान्नु होला । नभए होलसेलमै पदमुक्त हुन बाध्य हुनसक्छ ।’

त्यसको जवाफमा एक घण्टापछि स्वास्थ्य सचिव यादव कोइरालाले उपाध्यायमाथि आक्रोश पोखेका छन् । उनले पूर्वसचिव उपाध्याय मेलम्ची खानेपानी आयोजनाको अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै आफ्नो चरित्रहत्या नगर्न चेतावनी दिएका छन् ।

उनले ट्विटमा भनेका छन्, ‘भीमजी, मेलम्चीमा यहाँले भ्रष्टाचार गरेको समाचार पढ्दा मलाई पनि त्यस्तै लागेको थियो । हेक्का रहोस्, अपराधीले अरुलाई पनि अपराधी नै देख्छन् । म देश र जनताको नोकर हुँ । तपाईजस्तो अहंकारी अपराधी होइन । म अपराधी र देशद्रोही होइन, फेरि पनि हेक्का रहोस् । कोठामा बसेर अरुको चरित्र हत्या नगर ।’

bim yadav1

थप समाचार

न्युज पोर्टल ह्याक गरेको असगर अलीको कम्पनीद्वारा स्वीकार

इसेवाप्रति प्रयोगकर्ताको एकाएक अविश्वास, चलाए यस्ताे अभियान

न्युज साइट ह्याक गर्नेकै पहुँचमा बैंकिङ प्रणाली

मेडिकल सामग्री खरिद घोटालाको समाचार ‘ब्लक’ : प्रधानमन्त्री ओलीकै आइटी विज्ञ समलग्नताको खुलाशा !

प्रधानमन्त्रीका सल्लाहकारले मुख खोले, भने मेरो परिवारलाई टर्चर दिने काम भयो

स्वास्थ्य सामग्री घोटालाबारे के भन्छन सत्तापक्ष, प्रतिपक्ष र बुद्धिजीविहरु

स्वास्थ्यमन्त्री ढकालमाथि राजीनामाको दबाब बढ्यो, के गर्लान प्रधानमन्त्रीले, कसले के भन्याे ?

र्‍यापिड टेस्ट कीटमा प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले मुख खाेल्याे (विज्ञप्तिसहित)

स्वास्थ्य उपकरण खरिद गर्नका लागि ओम्नी समूहसँग भएको सम्झौता रद्ध, ५ करोड रुपैयाँ जफत

कोरोना पिडित जनतालाई पूर्वराजाको २ करोड सहयोग, मन्त्रीको करोडौ भ्रष्ट्राचार

'स्वास्थ्य सामग्री किन्दा एक पैसो भ्रष्टाचार भएको छैन : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्यमन्त्री ढकाल भन्छन् : मेडिकल उपकरण खरिदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने छैन

महामारीमा लुट : सरकारले किनेका ५ प्रकारका सामग्रीमा साढे ५४ करोड भ्रष्टाचार

संकटमा जनताको ग्याँस देख्ने सरकारले करोडौंको भ्रष्ट्राचार किन देख्दैन ?

प्रधानमन्त्रीले मन्त्रीलाई सोधे : ‘खरिद किन विवादमा ?

कोरोनाले कतै दशा कतै दशैं : जर्मनीका मन्त्रीको आत्महत्या, नेपालका मन्त्रीको भ्रष्ट्राचार

चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय हुँदा स्वास्थ्य सेवा विभागबाट तयार भएको प्रस्ताव स्वास्थ्य सचिव कोइराला हुँदै मन्त्री भानुभक्त ढकालबाट अनुमोदन भएको थियो । तर, विवाद हुनसक्ने भन्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ र सचिव कोइरालाले प्रस्ताव मन्त्रिपरिषदबाट अनुमोदन गर्न सल्लाह दिएको स्रोतले बतायो । पूर्वसचिव उपाध्यायले यही पृष्ठभूमिलाई जोडेर सचिव कोइराला लगायतको नाम लेखेका हुन् ।

विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका उपाध्याय नेपाल ट्रष्टको कार्यालयबाट अवकाश भएका हुन् । हालै सचिव भएका कोइरालाले भने स्वास्थ्य मन्त्रालय सम्हाल्नुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए । कोइराला ‘गृह प्रशासन’का क्याडर हुन् भने उपाध्याय इञ्जिनियरिङ समूहका हुन् ।

थप समाचार

पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना

पोखरामा कोरोना पोजेटिभ देखिएपछि पुनःपरीक्षणका लागि काठमाडौं पठाइयो

बागलुङकी ६५ वर्षीया वृद्धा कोरोना संक्रमित

यस्तो छ कोरोना संक्रमित ४ जनाको स्वास्थ्य अवस्था

भविष्यवाणिमा कोरोना र सरकार

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३ पुग्यो

आज बिहान ६ बाट नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने (निर्णयसहित)

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर