annapurna add

डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलाको नङनी टोलकी २० वर्षिया अनिता वनको गोलि हानी हत्या गरिएको छ ।

Bharuwa bandukFile photo

स्राेतले वनको गोली हानी  हत्या गरिएको जनाएको छ । घट्ना भएको समय घरमा बन र उनका पति खडक बन मात्र रहेकोले प्रहरीले उनका पतिले हत्या गरेको आशंकामा सोधपुछ गरिरहेको डाेटी प्रहरी कार्यालयले कान्तिपथ डटकमलाई बतायाे ।

भारतको बैंग्लोरमा काम गर्ने खडक र डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ बगरकोट सिराडीकी अनिताबीच फेसबुक मार्फत प्रेम बसेपछि उनीहरुले फाल्गुन १३ गते भागी बिबाह गरेको बताईएको छ ।

छातीको बायाँ भागमा गाेली लागेकाे डाेटी प्रहरी कार्यालयले कान्तिपथ डटकमलाई बतायाे ।

प्रहरीले घट्नास्थलबाट भरुवा बन्दुक बरामद गरेको छ, भने अहिले अनिताकाे मुचुका तयार गरि रहेकाे  प्रहरीले जनाएकाे छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर