annapurna add

107958431 587819231873907 2338989466052601378 n

चर्चिच ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एक आरोपीलाई शनिबार नेपाल ल्याइएपछि सुन तस्करीको चर्चा पुनः चर्चामा छ। दुवईमा रहेर सुन तस्करी गरिरहेका हरिशरण खड्कालाई इन्टरपोलको सहयोगमा नेपाल ल्याएपछि दुई वर्ष अघिदेखि चर्चामा रहेको सुन तस्करी प्रकरण पुनः चर्चामा आएको छ।

इन्टरपोलमा रेड नोटिस जारी गरेपछि खड्का प्रहरीको खोजिमा थिए। उनी डेढ बर्ष अघि नै यूएईमा पक्राउ परेका थिए। उनलाई युएईबाट कानुनी प्रक्रिया पुरा गरी इन्टरपोलमार्फत् नेपाल ल्याइएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ पुस २१ गते बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा उनी जोडिएका थिए। त्यसयता उनी युएईमा बस्दै आएका थिए। त्यहाँ बसेर उनले नेपालमा रहेका सुन व्यवसायीको मिलोमतोमा दुबईबाट सुन पठाउने कार्य गर्दै आएको तथ्य प्रहरीले फेला पारेको थियो।

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान राजनीतिक दबाबमा रोकिएपछि थप अनुसन्धानको जिम्मेवारी कुनै पनि निकायले पाएका छैनन्। सुन तस्करी छानबिनका लागि सरकारले संगठित अपराध ऐनको दफा १२ अनुसार गठन गरेको उच्चस्तरीय विशेष अनुसन्धान टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको अनुसन्धान प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएपछि थप अनुसन्धान गर्ने जिम्मेवारी पनि कुनै निकायलाई दिइएको छैन।

३३ केजी सुन अनुसन्धान गर्न बनेको विषेश अनुसन्धान टोलीले बनाएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगेको छ। तर, प्रधानमन्त्री कार्यालयमै प्रतिवेदन थन्किएको छ। सरकारले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेको छैन।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...