annapurna add

arreste

नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । झापा भद्रपुर नगरपालिका–१ हिमाली चोक बस्ने पारस सिवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पारसले ती बालिकालाई खेल्ने क्रममा डर धम्की दिई चैत ११ गते जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यता बाबुको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । गुल्मी जिल्लाको इस्मा गाउँपालिका २ पालुखामा ४६ वर्षीय टेक बहादुर कुमाललाई ढुङगाले हानी हत्या गरेको अभियोगमा २५ वर्षीय अर्जुन कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अर्जुनले बुबालाई ढुङगाले हानी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी हस्तीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटानका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर