aalam gi in jail

रौटहट बम विस्फोट काण्डमा मुख्य अभियुक्त मोहम्मद आफताब आलम हाल पुर्पक्षका लागि नख्खु कारागार चलान भएका छन् । नेपाली कांग्रेसका सांसद र पूर्व मन्त्रीसमेत रहेका आलमलाई शनिबार नख्खु कारागार चलान गरिएको थियो ।

उनलाई नख्खु कारागारको सीआरसी ब्लक–२ को दोस्रो तलामा राखिएको नख्खु कारागारका प्रमुख जेलर सुरेन्द्र पौडेलले बताए । आलमलाई जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो ।

रौतहट कारागारमा सुरक्षा चुनौतीका कारण उनलाई नख्खु कारागार स्थानान्तरण गरेको पौडेलको भनाइ छ । नख्खु कारागारभित्र भने उनको स्वभाव अरु कैदीको जस्तै रहेको पौडेलले बताए ।

‘यो जेल हो, म तपाईंहरूको नियन्त्रणमा छु, सबै बुझेको छु, यसअघि समेत तीन पटक जेल बसेको अनुभव छ, सामान्य तरिकाले बस्छु,’ आलमको भनाइ उद्धृत गर्दै जेलर पौडेलले भने ।
आलमलाई भेट्न आइतबार धेरै आए पनि अहिले उनलाई भेट्न आउनेको संख्या घटेको पौडेलले बताए । २०६४ को पहिलो संविधानसभा चुनावमा भएको बम विस्फोटमा परेकाहरूलाई आलमले जिउँदै इँटाभट्टामा हालेर जलाएर मारेको अभियोग छ । नख्खु कारागारमा हाल १ हजार ५ सय कैदी छन् ।

त्यसमध्ये आलमजस्तै अर्का बमकाण्डका अभियुक्त सञ्जयकुमार साह ‘टकला’समेत नख्खु कारागारमै राखिएको छ । टकलामाथि १८ वैशाख २०६९ मा ‘मिथिला राज्य’को माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला बम विस्फोट गराएको अभियोग थियो ।

उक्त बम विस्फोटमा पाँच जनाको ज्यान गएको थियो । सोही घटनामा दोषी ठहर गर्दै गत २४ चैतमा टकलालाई धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

उनी पहिलो संविधानसभा र दोस्राे संविधानसभा चुनावमा धनुषाबाट निर्वाचित भएका थिए । पहिलो संविधानसभा चुनावमा फोरम नेपालबाट जितेका टकला दोस्राे संविधानसभा चुनावमा तत्कालीन राजेन्द्र महतोको सद्भावना पार्टीबाट विजयी भएका थिए । हाल उनलाई नख्खु कारागारमै राखिएको छ । अपराधबाट राजनीतिमा उदाएका दुइ जना एकै जेलमा रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ, आलमले पक्राउको दिन प्रहरीलाई दिएको धम्कि सुन्दा लाग्छ कतै उनि अर्को नरसंहारको तयारीमा त छैनन् ?

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...