tealaya add

bajhang murder a woman kantipath

गणेश विक बझाङ : बझाङमा एक जना महिलाको गहना लुटपाट गरी हत्याको प्रयास भएको छ । जिल्लाको थलारा गाँउपालिका– वडा नँ ५ की २२ वर्षीया विमला खाती ओलीको अज्ञात समूहले गहना लुटपाट गरी ज्यान मार्ने प्रयास गरेको छ ।

सोमबार बेलुका केदास्युँ गाँउपालिका –९ माइती घरबाट पोईली घर थलारा जाने क्रममा थलारा गाँउपालिका –३ को शिलाकोट भन्ने स्थानमा अज्ञात समूहले गहना र मोबाइल लुटेको र हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ओलीको टिनको पाताले घाँटी रेटेर हत्याको प्रयास हुनका साथै ओलीको साथमा रहेकी १३ वर्षीया बहिनी सुलोचना ओली माथि पनि लुटेरा समूहले आक्रमण गरेकाे छ ।

घाइते दुवैजनाको जिल्ला अस्पताल सिमखेतमा उपचार सम्भव नभए पछी नेपालगँज रेफर गरीएको जिल्ला स्वास्थ्य कार्यालय बझाङका डा.सन्दिप ओखेडाले बताए ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्दा उत्त घटनामा थलारा गाँउपालीका वडा नं . ६ का २२ वर्षिय सौरव चौहान हुन सक्ने र उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख सुर्यबहादुर केशीले बताए ।

प्रकासित मिति

Loading...
Loading...