balak apaharan mukt kantipathबालक अपहरणमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

वीरगञ्जको सिर्सिया खाल्वाटोलामा प्रहरीले गोली हानेर बालक अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । 

१० दिनअघि अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ । प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको छ ।

गोली दासको दाहिने खुट्टामा लागेको छ ।  काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको थियो ।

अपहरणकारीलाई गोली हानी पक्राउ गरेपछि बालकको सकुशल उद्दार गरिएको छ । 

गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...