annapurna add

janmakaid

काठमान्डौ। आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो। २०७५ पुस २ गते आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हानि हत्या गरेका थिए।

बालारामले आक्रमण गरी घाइते बनाएकी २४ वर्षीया कौशिला नेपालीको समेत ज्यान मार्न खोजेको भन्ने कसूरमा अदालतले दुई वर्ष कैद र रु २० हजार जरिवाना भएको बताइएको छ। दैलेख जिल्ला अदालतका जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट सोमबार उक्त फैसला भएको हो।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर