tealaya add

bank robbery

सांकेतिक तस्वीर

इलाम : इलाममा सञ्चालित आदर्श बहुउद्देश्यीय सहकारी संस्थामा गएराती चोरी भएको छ । सहकारीका ब्यवस्थापक याम प्रधानका अनुसार तीन लाख ६६ हजार रुपैयाँ चोरी भएको हो । इलाम नगरपालिका ७ मालापथमा रहेको सहकारीको कार्यालयबाट गएराती करिव २ बजे चोरी भएको जनाइएको छ ।

कार्यालयमा जडान गरिएको सिसि क्यामेराले कैद गरेको दृष्य नियाल्दा अन्दाजी ५ फुट ५ इन्च उचाई रहेको, जिन्स पाइन्ट लगाएको, हातमा पन्जा लगाएको एक जना पुरुष कार्यलयको दक्षिणपट्टिबाट कार्यालय आएको देख्न सकिने ब्यवस्थापक प्रधानले जानकारी दिए ।

कार्यालय बाहिरपट्टि रहेको नेवारोको रूखमा चढेर सिसिटीभीको तार काटेर कार्यलयमा प्रवेश गरेको वताइएको छ । दुईवटा ढोका फुटाएर दराजमा राखेको पैसा चोरी गरेको उनले वताए ।

सँधै ३ लाख भन्दा बढी नगद कार्यलयमा नै रहने जानकारी ब्यवस्थापक याम प्रधानले जानकारी दिए । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिइएको छ । चोरको खोजी भइरहेको जिल्ला प्रहरी कार्याल इलामले जानकारी दिएको छ । सहकारीमा चोरी भएपछि त्रास फैलिएको छ । स–साना पसल, ठुला ब्यापारिक प्रतिष्ठान र ब्यक्तिको सामानको सुरक्षामा चुनौति थपिएको छ

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर