annapurna add

gai hatyaaडडेल्धुरा गन्यापधुरा गाउँपालिका वडा नं १ मा ग्याबिनले पासाे लगाएर हत्या गरिएकाे अवस्थामा आधा दर्जन गाई मृत  भेटिएका छन् ।

सामुदायिक वनकाे भिरालाे जग्गामा आधा दर्जनभन्दा बढी गाईकाे हत्या गरिएकाे पाइएको हो । देउपाल सामुदायिक वनकाे गैरी ईजर भन्ने ठाउँमा करिब एक साताअगाडि सामुहिक रुपमा गाईकाे हत्या गरिएकाे हुन सक्ने प्रारम्भिक अनुसन्धान प्रहरीको छ ।

घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । ५ वटा गाई रुखमा झुन्डिएको र १ गाईकाे बङ्गारा भेटिएको छ भने २ वटा पासाे लाउने तार खालि भेटिएको प्रहरीको भनाई छ ।

पशुसेवा प्राविधिकले हत्या गरिएका गाई करिव २ वर्ष उमेरका छन् । हत्या कसले र किन गर्यो भन्ने खुल्न सकेको छैन ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर