tealaya add

cow traffingनेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए ।

आज सम्सी गाउँपालिका–७ स्थित वनको बाटो हुँदै नेपालबाट भारत लैजान लागेको अवस्थामा तीन वटा गाईसहित दुवै तस्करलाई प्रहरी चौकी सम्सीबाट गस्तीमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो । तस्करीको गाईसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सम्सी प्रहरी चौकीमा राखिएको छ ।

पुल नहुँदा जोखिमपूर्ण यात्रा

बैतडी जिल्लाको दुर्गम सिगास गाउँपालिका–७ न्यौलालीगाड खोलामा पुल नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । न्यौलालीगाड खोलाको पतलीटाप नजीक पुल नहुँदा उक्त क्षेत्रका नागरिक जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य भएका छन् । बर्सातको समयमा खोला बढेर आउने हुँदा खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी भोजराज अवस्थीले जानकारी दिए ।

खोलामा पुल नहुँदा खोलाको वारिपारि पुग्ने गरी काठ तेस्र्याएर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । दैनिक सयभन्दा बढी मानिस वारपार गर्ने उक्त खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्ने अवस्था रहेको छ । बालबालिकाले विद्यालयसमेत सोही खोला तरेर जानुपर्ने हुँदा बालबालिकालाई झनै समस्या हुने गरेको छ ।

यसका साथै दैनिक उपभोग्य सामग्री किन्न बजार जानका लागि तथा वनजङ्गल, घाँसदाउराका लागि पनि सोही खोलाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । न्यौलाली, टोपेड, ओखडगाउ, कपडाइजर, खेतकोट लगायतका ठाउँका बासिन्दा उक्त खोलामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । न्यौलालीगाड खोलामा झोलुङ्गे पुल निर्माणका लागि स्थानीय सरकारसँग माग गरेको भए पनि कुनै चासो नदिएको त्यस क्षेत्रका बासिन्दाको आरोप रहेको छ ।

सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले उक्त ठाउँमा पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालय डडेल्धुरालाई सिफारिस गरी पठाइएको बताए । गाउँपालिकाका अन्य ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेकाले यो वर्ष उक्त ठाउँमा पुल निर्माण गर्न नसकिएको भए पनि अगामी वर्ष पुल निर्माण हुने उनले बताए ।

प्रकासित मिति

Loading...
Loading...
Loading...