hatkadi
प्रनिश थापा , चितवन , २५ साउन - चितवन प्रहरीले जवरजस्ती करणी कसुरमा फरार रहेका एक अभियुक्तलाई बिहीबार पक्राउ गरी आज (शनिबार) सार्वजनिक गरेको छ ।

गत, साउन १५ गते राती अन्दाजी १० बजेको समयमा भरतपुर महानगरपालिका वर्डा नम्बर २५ घर भएकी एक महिलालाई जवरजस्ती करणी गरेको कसुरमा प्रहरीले खैरहनी नगरपालिका वर्डा नम्बर ९ बस्ने सन्देश चौधरीलाई बिहीबार भरतपुर महानगरपालिका वर्डा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडिबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई बिहीबार देखी नै लागू हुने गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ अन्तर्गत जवरजस्ती करणी कसुरमा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद थपी अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले जानकारी दिए ।

यस्तै, सोही आरोपमा फरार रहेका अर्का एक जनालाई समेत चितवन प्रहरीले फरार सुचीमा राखी व्यापक मात्रामा खोजी गर्ने कार्य जारी भइरहेको बताइएको छ । राप्ती नगरपालिका वर्डा नम्बर ४ भण्डारा बस्ने रक्तिम किरण गोले फरार रहेकोेले उनको व्यापक मात्रामा खोजी कार्य भइरहेको प्रहरी प्रमुख मल्लले बताए । उनलाई कहिँ कतै देखे प्रहरीलाई खबर गर्न समेत चितवन प्रहरीले अपिल गरेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर